२०८१ जेष्ठ ४ गते शुक्रवार

तुलसीपुरमा बिप्लव नेकपाको मसाल जुलुस प्रदर्शन

तुलसीपुर , कात्तिक २६ । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार बेलुका तुलसीपुरमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

तुलसीपुरको सल्यान रोडबाट सुरु भएको प्रदर्शनका सहभागिहरुले पेट्रोलियम ‘पदार्थमा गरिएको मुल्य बृद्धि खारेज गर’, ‘महंगी नियन्त्रण गर’ भन्ने जस्ता नाराहरु लगाएका थिए ।

पर्दशनमा झन्डै ६ दर्जन जति बिप्लवका नेता कार्यकर्ता सहभागी रहेको नेता अमर खड्काले फरककोणलाई बताए । पार्टीका तुलसीपुर इञ्जार्च विकाश वलीको नेतृत्वमा मसाल जुलस भएको हो । सल्यान रोडबाट सुरु भएको ¥याली बीरेन्द्र चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

उक्त सभालाई नगर इञ्चार्ज बिकाश वली, नेकपा दाङका कार्यलय सदस्य किरण डाँगी लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रमको सहजिरकण क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष संजय वलीले गरेको नेता अमर खड्काले बताए ।

मुल्य बृद्धिको बिरोधमा बिप्लव नेतृत्वको नेकपाले कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको जनाएको छ । तुलसीपुरमा बिहीबार बेलुका सत्तारुढ दलकै नेपाली काँग्रेसकै भातृ संगठन नेविसंघ लगाएका दलहरुका संग संगठनहरुले पनि मुल्य बृद्धि पर्दशन गरेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *