तुलसीपुर, कात्तिक २६ । नेपाली काँग्रेसको १४औं महामधिबेशन अन्तरगत केन्द्रीय सदस्य दीपक गिरीले आफ्नो प्यानलबाट प्रदेशमा भिड्ने उम्मेदवारको नाम टुँगो लगाएको छ ।
मंसिर ३ गतेका लागि तय गरिएको प्रदेश अधिबेशनका लागि पूर्व मन्त्री समेत रहेका गिरी प्यानलले शुक्रबार आफ्नो तर्फका उम्मेदवारको अन्तिम टुँगो लगाएको हो ।
फरककोणलाई स्रोतले उपलब्ध गराएका लिष्ट अन्तरगत दाङको निर्वाचन क्षेत्र नं. ३ (क) मा देबेन्द्र रिजाल , उपसभापतिका शालिकराम रेग्मी र पुष्पराज गिरी, सचिवमा तेजबहादुर डाँगी र रमेश केसी, सहसचिवमा रञ्जन गौतम र राजेन्द्र महतरालाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै क्षेत्र नं. ३ (ख) को सभापतिमा हालका सभापति खिमबहादुर वली, उपसभापतिमा द्रोर्ण देवकोटा र फर्शाराम डाँगी, सचिवमा भद्र खड्का र लेवाराम आचार्य र सहसचिवमा रोषण जंग शाह र डेफुलाल चौधरीलाई उम्मेदवार बनाइएको छ ।