
तुलसीपुर,कात्तिक २१ । लुम्बिनी प्रदेशका पर्यटन,ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले मानव जीबनलाइ शान्ती अतिआबस्यक रहेको बताएका छन ।
ब्रह्माकुमारी इस्वरिय विश्व बिद्यालय एब राजयोग प्रशिक्षण केन्द्र श्रेत्रीय कार्यालय तुलसीपुरले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले शान्ति बिना मानिसले जीवनमा पर्गती गर्न नसक्ने बताए ।
‘देश यतिबेला भाग दौडमा अल्झिरहेको छ,’ उनले भने ‘ यस्तो भाग दौडमा होइन मानव जीबनलाई शान्ति चाहिन्छ।’
धर्मले नै देशमा संविधानहरु बनेको भन्दै उनले धर्म सबैभन्दा माथी रहेको जिकिर गरे । उनले जबसम्म आफ्नो जीवनमा आध्यात्मिकलाई महत्व दिइदैन तबसम्म सकारात्मक दृष्टिकोण बन्न नसक्ने बताए ।
साथै उनले दाङमा धार्मिक पर्यटनलाई अगाडि बढाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको आश्वासन बाँडे ।
ब्रह्माकुमारी इस्वरिय बिस्व बिधालय एब राजयोग प्रशिक्षण केन्द्रका श्रेत्रीय प्रमुख गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले तुलसीपुर नगरका अध्यक्ष माधब वली, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष खुशीराम चौधरी,रास्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत,नेपाल पत्रकार महासघ दाङकम कोषाध्यक्ष शरद रेग्मी, तुलसीपुर नगर जेसिजका अध्यक्ष नारायण भट्टराई ,साहित्यकार भावना न्यौपाने लगाएतले समाजमा शान्ति फौलाउन विश्व बिद्यालयले महत्त्वपूर्ण भुमिका खेलेको बताएका थिए । उक्त कार्यक्रममा विभिन्न संघ सस्थाका नबनिर्बाचित ब्यक्तिहरुलाई स्वागत एब सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण ब्रह्मकुमार शिबलालले गरेका थिए ।
