
दाङ, कात्तिक १९ । रुकुम पश्चिममा नेकपा माओबादी केन्द्रबाट निर्वाचित एक जना वडाध्यक्षसहित पाँच जुवाडे पक्राउ परेका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १३ का ४० बर्षीय वडाध्यक्ष दीपक केसी गएराति जुवाको खालबाट पक्राउ परेका हुन । वडाध्यक्ष केसी यसअघि पनि बिभिन्न बिबादमा मुछिदै आएका ब्यक्ति हुन ।
गोप्य सुचनाको आधारमा मुसिकोट नगरपालिका वडा नं. १ मठस्थित उत्तम खड्काको घरमा राति साढे ११ बजे छापा हान्दा वडाध्यक्ष केसीसहित पाँच जना जुवाको खालबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक कपिलजंग शाहले जानकारी दिए ।
पक्राउ पर्ने अन्यमा घर धनि ४३ बर्षीय खड्का, ३१ बर्षीय तोयाराम वली (सरकारी कर्मचारी), ३३ बर्षीय युगल पुन र ३४ बर्षीय कमल बुढा रहेका छन् ।
उनीहरुको साथबाट जुवा खेल्न प्रयोग गरिएको कौडा र एक लाख आठ हजार दुई सय ९० रुपैंया नगद बरामद भएको प्रहरी निरिक्षक शाहले बताए ।
पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगत मुद्दा चलाएर कानुनी कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।