२०८१ बैशाख २० गते बिहिवार

कर्णाली प्रदेशमा अब काँग्रेसबाट जीवनबहादुर शाही मुख्य मन्त्री बन्दै

सुर्खेत, कात्तिक १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र नेता समेत रहेका शाहीले सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन ।

वैशाख २ गते नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो।

उक्त सहमतिमा बढीमा कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो । सोही सहमतिका लागि शाहीले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका हुन ।

शाहीको राजीनामा घोषणासँगै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित जस्तै भएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *