२०८३ जेष्ठ ३१ गते आइतवार

तुलसीपुर– ६ का सडकमा मनोमानी ‘स्पीड ब्रेकर’

तस्विर : राजेश खत्री


तुलसीपुर, कात्तिक १४ । राप्ती राजमार्ग अन्तरगत तुलसीपुर–सितलपुर सडक खण्डको एयरपोर्ट भन्दा केही मुन्तिरबाट आइतबार बिहानैदेखि सडक बन्द गरियो । जिर्ण अवस्थाको राजमार्गको सडक खण्ड मर्मतको काम भइरहेको हुँदा सडक खण्ड बन्द गरिएको हो ।

त्यसैले आइतबार बिहानैदेखि बाइपास हुँदै मोटरगाडी तुलसीपुर बजार प्रबेश गरे । बाँके लगाएतका ठाउँहरुबाट अमेलियाको सडक खण्ड हुँदै सितलपुर क्षेत्रबाट चल्ने जम्मै सवारी साधन आइतबार तुलसीपुरको गोलौरा हुँदै शान्ति टोल विकास संस्थाको रोड हुँदै सञ्चालन भइरहेका छन् । त्यसैले उक्त सडक खण्ड निकै भिडभाड बन्यो । यहाँ फराकिलो र चिटिक्क कालोपत्रे सडक खण्डपनि छ । तर, साबिक स्टार चोक –अहिलेको बुद्ध चोक) देखि भित्र पश्चिम झन्डै एक सय मिटरको दुरीमा ४÷५ वटा ठूला ब्रेकरहरु निर्माण गरिएका छन् । रजौराको थारु गाउँ क्षेत्रमा पनि ब्रकेरै ब्रेकर छन् । हिमालय बोर्डिङ स्कूल जान क्षेत्रमा पनि त्यस्तै ।

तल्लो सिनेमाहलदेखि पछाडिको दक्षिण तर्फ जाने थारु गाउँ, डुर्मी गाउँको सडक खण्डमा पनि पुरै ब्रेकेरै ब्रकेर छन् । सिनेमाहलदेखि पूर्वको वाइपस सडक खण्मा पनि त्यस्तै ब्रेकहरु आँफुखुसी निर्माण गरिएका छन् । तुलसीपुरकै बाहिनी चोकदेखिको पछाडि तर्फको बाइपास रोडमा पनि त्यसैगरी कालोपत्रे सडकै भरी ब्रकेरै ब्रेकर बनाइएका छन् । तुलसीपुर बसपार्क आसपासका उत्तर दक्षिणका वाइपास सडकहरुको अवस्थापनि त्यस्तै ब्रेकेरहरुले भरिएका छन् । ती ब्रेकरहरुमा न कुनै संकेत छ , न कुनै पेन्टिङ । त्यसैले चालक समस्यामा पर्छन ।

सरकारले लगानी गरी निर्माण गरेका राजमार्ग, सहायक राजमार्ग, हुलाकीस्सडक, कृषि सडक, सघन शहरी विकासले निर्माण गरेका सडक, नगर आफै वा नागरिक साझेदारीबाट निर्माण गरिएका सडकहरुमा अनुमति विना ब्रेकर राख्न नै पाइदैन । सडक ऐनले त्यो अधिकार कसैलाई पनि दिएको छैन । तर,तुलसीपुर उपमहानगरपालिका भित्रका यस्ता सडकहरुमा भने मनपरी ब्रेकर निर्माण गर्दापनि कोही बोल्दैनन् । यस्ता ब्रेकरहरु तुलसीपुर –६ मा सबै भन्दा बढी निर्माण गरिएका छन् ।

जस्ले दुर्घटनामा मात्रै निम्त्याएको छ । गाडीको इञ्जनलाई मार परेको छ । ब्रेकेरले सडकमा खाल्डा खुल्डी मात्रै बनाएको छ ।
मापदण्डको कुनै वास्ता नगरेर कालोपत्रे गरेको सडकमा मुढा तेस्र्याएको जस्तोगरी स्थानियबासीले घर अगाडी मनपरी व्रेकर बनाउने र त्यही आफ्ना बालबालिका तथा पशुचौपाया छाडा छोड्ने अवस्था देखिएको छ ।

तैपनि तुलसीपुर उपमहानगरपालिका, स्थानिय प्रहरी, वडाका जनप्रनिनिधिहरु तथा टोल विकाश संस्थाका अगुवाहरु मौन छन् । मनपरी रुपमा निर्माण गरिएका ब्रेकरका कारण मोटरसाइकलदेखि ठूला सवारीसाधनहरु सञ्चालनमा चालके निकै कठिनाई भोग्नु परिरहेको छ । अशक्त, बिरामीले सास्ति खेप्नु परेको छ । यहाँका जस्ता भिमकाय ब्र्रेकरहरुले दुर्घटनाको न्युनिकरण होइन बरु दुर्घटनाको जोखिम बढाएको सवारी चालकहरु गुनासो गर्छन ।

नव आगन्तुक सवारी चालकहरुलाई जसले गर्दा थप समस्यामा पार्ने गर्छ । तुलसीपुरका वडा नंवर ६ र ५ का केही सडकहरुमा स्थानियबासीले मनोमानी रुपमा सार्वजनिक सडकमा ब्रेकर बनाउनु सडक ऐन विपरितको कार्य हो ।
यस अघि तुलसीपुर–घोराही सडक खण्डमा पनि यस्तै ब्रेकरहरु स्थानीयले निर्माण गरेका थिए । तर, विभिन्न सञ्चार माध्यमहरुमा त्यसबारे समाचार प्रकाशित भएपछि तात्कालिन नगरपालिका प्रशासन, जिल्ला प्रहरी कार्यालय तथा डिभिजन सढक कार्यालयले डोजर लगाएर ती वे्रेकरहरु भत्काएको थियो ।

हाल दाङ जिल्लामा सरकारले नारायणपुरमा मात्रै २ वटा स्पीड ब्रेकर राख्न मात्र अनुमति दिएको छ । संघीय सरकारको मन्त्री परिषदले स्वीकृति दिएपछि मात्रै यायातायत व्यवस्था विभागका प्राविधिकले तोकेको कानुनी मापदण्ड अनुसार ब्रेकर राख्न पाइन्छ । तर, यहां त प्रचलित ऐन कानुनको उपहास गर्दै सार्वजनिक सडकमा ब्रेकर बनाइदा स्थानीय सरकार कानमा तेलहालेर बसेको छ ।

तुलसीपुरको वडा नं. ५, ६ ,९ लगायतका विभिन्न भित्री सडकहरुमा मापदण्ड बिपरितका आँफुखुसी ‘स्पीड ब्रेकर’ बनाइएका छन् ।

बाक्लो र अग्लो स्पीड बे्रकरका कारण दूई पाङग्रे र साना सवारीहरु दुर्घटनाको बढी जोखिममा पर्ने सम्भावना रहन्छ । दुई पांगे्र मोटरसाइकल , स्कुटी र साइकललाई त्यस्ता ब्रेकर पार गर्न गाह्रो हुने गर्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पार्किङस्थल, विद्यालय क्षेत्र, अस्पताल क्षेत्र, हाउजिङ क्षेत्रमा रबरको सामान्य ब्रेकर राख्ने प्रचलन छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार स्पीड ब्रेकरको उचाई २.२ वा २.५ इञ्च सम्मको राख्न पाइन्छ । तर, नेपालमा टोल विकास समितिले आफु खुसी दुर्घटना न्यूनिकरण गर्न भन्दै स्पीड ब्रेकर निर्माण गरेका छन् ।

नयाँ र राम्रो पिच बाटोहरुमा जथाभावी निर्माण गरिएका स्पीड ब्रेकरले समस्या मात्रै निम्त्याएको छ । कुनैपनि सरोकारवालाहरुको स्वीकृत निलिई सवारी ऐन विपरित स्पीड ब्रेकरहरु राख्न पाइदैन ।
तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले तुलसीपुरका विभिन्न स्थानमा टोल विकास संस्था र व्यक्तिले मनपरी स्पीड ब्रेकर राख्नु सही नभएको बताए ।

‘प्रत्यक घर अगाडी ब्रेकर राख्नु राम्रो होइन यसले थप जोखिम पनि निम्त्याउछ,’ इन्जिनियर योगीले भने ।’ उनले नियम विपरित सडकमा निर्माण गरिएका ब्रेकर पहिले फालेको भन्दै अवपनि राख्न नहुने बताए । ‘धेरै स्थानमा मापडण्ड विपरित ब्रकेर राखिएको भन्ने गुनासो आएको छ,’– उनले भने ‘प्रत्यक घर अगाडि ब्रेकर राख्नेर र सडकमा स्थानीयहरु घाम तामेर बस्ने प्रबृति गलत हो ।’

नागरिक अगुवाहरुले पनि आँफुखुसी निर्माण गरिएका अबैज्ञानिक ब्रेकरको विरोध गरेका छन् । तर टोल विकाश संस्थाका नाममा यसरी निर्माण गरिएका ब्रेकरहरु भत्काउन स्थानियबासी मान्दैनन् ।

‘कति ठाउँमा पहल गरेर सडक कालोपत्रे योजना पार्यौं, तर वडा कार्यालय र टोल विकाश संस्थाका आडमा स्थानीयबासीले अति अव्यवहारीक र अबैज्ञानिक रुपमा स्पीट ब्रेकर बनाइदिएर सडक नै बबार्द बनाइ दिएका छन्,’ तुलसीपुर–६ का नागरिक अगुवा नहकुल केसीले भने ।

उनले यसरी ब्रेकर निर्माण गर्दा सानादेखि ठुला सवारीसाधनलाई बाटो पार गर्नैै मस्किल पर्ने गरेको बताए ।
उपमहानगरपालिका, स्थानीय वडा कार्यालय तथा प्रहरी प्रशासनले समन्वय गरि तत्काल यस्ता अबैज्ञानिक एवं अबैधानिक व्रेकरहरु हटाउन पनि उनको सुझाव छ ।

बे्रकरकै कारण धेरै जनाको दूर्घटनामा ज्यान गएको पाइएपछि सरकारले स्पीड बे्रकर राख्न नपाइने नियम बनाएको हो । मुख्य राजमार्ग र भित्री सडकहरुमा पनि स्पीड बे्रकर राख्न पाइदैन । यस्ता स्पीड बे्रकरले दुर्घटना न्यूनिकरणभन्दा दुर्घटना बढाएको सरोकार वालाहरु बताउँ छन् ।

तर, केही स्थानीयहरु भने साना ठूला सवारीका साधनहरु तीब्र गतिमा सडकमा चलाउँदा दुर्घटना हुने हुँदा गति कम गर्न ‘स्पीड ब्रेकर’ राखिएको बताउने गर्छन । ‘सवारी साधन चलाउदा तीव्र गतिमा हुइक्याँउछन् । कसैलाई ठक्कर दिएर भागेपछि नियन्त्रणमा नि सहज होस भनेर ब्रेकर बनाइएको हो,’ एक स्थानीयले भने ।
उनीहरुले रहर भन्दा पनि वाध्यताले ब्रेकर राख्नुपरेको बताए । तर त्यस्तो मनपरी गर्न स्थानीयलाई ऐनले छुट दिएको भने छैन ।

बाटोमा सातो उडर्ने गरि सवारी साधन चलाउछन् ब्रेकर बनाएर त्यसको न्यूनिकरण भने केही हदसम्म भएको छ एक स्थानियले बताए ।

सवारी साधनमाथि एक्कासी स्पीड ब्रेकरमा ब्रेक समाउँदा पनि दुर्घटना हुने र नसमाउँदा पनि सवारी साधन उफ्रिएर सडकमा नै बजारिने समस्या छ । त्यस्तै स्पीड ब्रेकरमा एक्कासी ब्रेक लगाउँदा दुई पांगे्रे सवारीको पछाडि बस्ने व्यक्तिले समेत चोट तथा क्षति बेहोरेका थुपै्र उदाहरण छन् ।

स्पीड ब्रेकरको अनावश्यक उचाइका कारण कारको तल्लो भागले स्पीड ब्रेकर छुने र स्पीड ब्रेकरमा अचानक ब्रेक लगाउँदा गाडीको पछाडि सिटमा बस्नेहरु हुत्तिएर दुर्घटना हुने गरेको एम्बुलेन्स चालकहरु बताउँछन् । एम्बुलेन्स, दमकल लगायतका इमरेजेन्सी काममा कुद्ने सवारी साधनहरु स्पीड ब्रेकरमा दुर्घटना भई बिरामीको मृत्यु हुने वा अन्य ठूला दुर्घटना हुने जोखिम बढ्ने गर्दछ ।

रातिको समयमा कुद्ने भारी मात्रामा सामान लोड भएका टिप्पर, ट्रकहरु स्पीड ब्रेकर देखेर अचानक गति कम गर्दा वा रोकिँदा रातको समयमा अत्याधिक ठूलो आवाज आउँदा स्थानीयमा त्रास बढाउने सरोकारवालाहरु बताउछन् ।

त्यस्तै ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुुजारा मापदण्ड विपरित बनाइएका स्पीड ब्रेकरमा दुर्घटना हुन सक्ने हुँदो त्यसरी मनपरी बनाउन नपाइने नियम रहेको बताउँछन् । उनले तुलसीपुर उपमहानगरपालिकामा यस विषयमा बैठकमा पनि कुरा उठेको बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *