दाङ,कात्तिक १३ । बाँकेमा चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ९ का ३५ वर्षीय हिरासिंह विक, सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका वडा नं. ७ का २४ वर्षीय रमेश वयक र सोही ठाउँका २८ वर्षीय वसन्त बिसी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
उनीहरूको साथबाट एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद भएको छ।उनीहरूलाई शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर नगरपालिका वडा नं. ११ स्थित सागर गेष्ट हाउसबाट पक्राउ गरेको कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।
वन कार्यालयमा पठाएर पक्राउ परेका ब्यक्तिहरु बिरुद्ध वन ऐन अन्तरगत कारबाही गरिने भएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक १३ गते शनिवार
