२०८३ बैशाख १५ गते मङ्गलवार

पाँच दलिय गठबन्धन संविधान विरोधीका लागि टाउको दुखाईको बिषय बनेको छ – कृष्णबहादुर महरा

तस्बिर – नरेन्द्र केसी

घोराही , कात्तिक ९ । नेकपा माओवादी केन्द्रका प्रबक्ता कृष्णबहादुर महराले पाँच दलिय गठवन्धन संविधान बिरोधधी शक्तिहरुका लागि टाउको दुखाईको बिषय बनेको बताएका छन् ।

मंगरबार घोराहीमा प्रेस सेन्टर नेपाल दाङको चौथो जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै पूर्व सभामुख समेत रहेका महराले अहिलेको पाँच दलिय दलिय गठबन्धनबाट संविधान विरोधी र अन्तराष्ट्रिय केही शक्तिहरु रुष्ट बनेको बताए ।

उनले देशलाई असंवैधानिक गतिविधिबाट जोगाउन गठबन्धन बनेको हुँदा त्यसले देश भित्रैको संविधान विरोधी र विदेशी केही शक्तिहरुको टाउको दुखाइको विषय बनेको तर्क गरे । उनले त्यस्ता शक्तिहरुले जहिले आँखा लगाउँदै आएको भन्दै उनीहरुबाट सचेत रहुनु पर्ने बताए ।

नेपालमा अस्थिरता चाहने शक्तिहरुको चलखेल जारी रहेको भन्दै राष्ट्रिय स्वाधिनका लागि एक भएर लाग्नु पर्ने समय आएको बताए ।

‘देशलाई संविधानको ट्रयाक भन्दा बाहिर जान नदिनका लागि बनेको पाँच दलिय गठनबन्धन बनेको हो,’ मरहाले भने ‘ आज त्यही गठबन्धन देखेर देश भित्रका संविधान विरोधिहरु सँगै केही बाह्य शक्ति राष्ट्रहरु सुखी छैनन्।’

महराले देश र संविधानको रक्षा संगै जनताको समृद्धिका लागि पत्रकारलाई कमल चलाउन आग्रह गरे ।
राष्ट्रियता संकटमा पर्दा सञ्चार माध्यमहरु एकजुट हुनुपर्ने उनले बताए । सर्वहारा वर्ग प्रति निष्ठावान, श्रमिक जनताप्रति उत्तरदायी भएर समाजवाद उन्मुख पत्रकारिता गर्न महराले आग्रह गरे ।

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *