तुलसीपुर, कात्तिक ६ । नेकपा (एमाले)को दाङसहित मुलुकभर एकै साथ शनिबार वडा अधिवेशन सुरु भएको छ ।
बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही सहजस्थित भएपछि वडा अधिबेशन गरिने भएको छ ।
चितवनमा आगामी मंसिर महाधिवेशन १० देखि १२ सम्म पार्टीको १०औं महाधिबेशनको मिति तोकिएको छ ।
सोही अन्तरगत एमालमा शनिबार वडा अधिवेशन सुरु भएको हो । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन । एमालेमा कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तयारी छ ।
एमालेमा राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चयनका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू सहभागि हुन पाउने छन् ।
नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले सक्षम योग्य, इमान्दार र क्रियाशिल नेतृत्व चुन्न आग्रह गरेका छन् ।
उनले कम्युनिष्ट आन्दोलन भित्र देखा परेको दक्षिण पन्थी भट्काव र संगठात्मक अराजकतावादका बिरुद्ध पार्टी पंक्ति एकताबद्ध हुनु आबश्यक रहेको तर्क गरेका छन् ।
उनले फुट गुट र बिभाजनका बिपक्षमा पार्टीलाई दह्रो र खरो रुपमा उतार्नका लागि वडादेखि नै सक्षम नेतृत्व चयन गर्न सामाजिक सञ्जाल मार्फत अपिल गरेका छन् । जिल्लाका एक सय वडाहरुमा सकभर सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास भइरहेको नेताहरुले बताएका छन् ।
