मानबहादुर बस्नेत,
नेपालमा औपचारिक शिक्षाको सुरुवात जंगबहादुर राणाले बिक्रम संबत १९१० मा आफ्ना सञ्तानलाई अंग्रेजी शिक्षा दिने उदेश्यले दरबार स्कुलको स्थापना गरेदेखि नै सुरु भएको हो । पञ्चायत कालमा २०२८ सालमा नेपाल राष्ट्रिय शिक्षा पद्धतिको योजना गठन गरि शिक्षा क्षेत्रको बिकाशमा केही सुधार ल्याउन खोजिएतापनि त्यसले पनि अपेक्षित सुधार ल्याउन सकेको देखिदैन ।
मुलुकमा बुहदलिय प्रजातन्त्रको स्थापना पछि २०४६ सालदेखि हालसम्म शिक्षा क्षेत्रका समस्या पहिचान गरि समाधानका उपायसहितको प्रतिबेदन पेश गर्न सरकारले धेरै पटक धेरै वटा शिक्षा आयोगहरु गठन ग¥यो ।
नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलक भइसकेपछि नयाँ संविधान २०७२ आयो । त्यो संविधान लागु भइसकेपछि शिक्षा ऐन परिवर्तन गरि परिबर्तित ऐनमा शिक्षक ब्यबस्थापनका लागि केही प्राबधानहरु प्नि राखिए । तर, शिक्षा ऐनको आठौं संशोधन कार्यान्वयन नहुँदै नवौं संशोधन गरियो ।
त्यसमा शिक्षाको सन्तुलित बिकास बिना अन्य क्षेत्रको विकास संभव नहुने यथार्थलाई गर्न नसक्दा नेपालको बिद्यालय शिक्षाले अपेक्षाकृत रुपमा गति लिन सकिरहेको छैन । त्यसैले नेपालको बिद्यालय क्षेत्रको गुणस्तर खस्किदै जान थालेको छ भन्ने समचारहरु हामीले पछिल्ला दिनहरुमा हरेक जसो शैक्षिक बहसहरुमा सुन्ने गरेका छौं ।
यूनेस्कोले गुणस्तरिय शिक्षाको फ्रेमवर्कमा लगानी र प्रक्रिया गुणस्तरिय भएमा मात्रै शिक्षा गुणस्तरिय हुन्छ भन्ने गर्छ । तर, हामी न लगानी गुणस्तरिय बनाउन सकेका छौं न त प्रक्रिया नै । माध्यामिक बिद्यालयमा बिद्यालयको कार्यसम्पादन परीक्षणबाट आएको नतिजा अनुसार बिद्यालयको ब्यबस्थापकीय नेतृत्व र शिक्षकहरुको शिक्षण शिकाई प्रक्रिया कमजोर हुँदै गएको पाइएको छ । साथै २१औं सताब्दी अनुकुलको प्रबिधिको प्रयोगपनि शिक्षा क्षेत्रमा नभएको पाइएको छ ।
नेपालमा शिक्षा संग सरोकार राख्ने सम्पूर्ण माहानुभावहरु बाट निश्कने एउटा अनउत्तरित प्रश्न संधै छ । त्यो प्रश्न के हो भने सामुदायिक बिद्यालय राम्रो छैनन् । उनीहरुले गुणस्तरिय शिक्षा प्रदान गर्न सक्दैनन् । साँच्चि नै बिद्यालय क्षेत्रमा आमुल परिवर्तन गर्ने हो भने कुरामा मात्रै सीमित नगरेर हामी काममा उत्रन सक्नु पर्छ ।
हरेक जिम्मेवार ब्यक्तिले मैले बिद्यालयलाई कति सुधार गर्न सक्छु रु त्यस तर्फ लाग्नु पर्दछ । यदी हामीले आजैदेखि र अहिले देखि नै मैले सक्ने कुरा जति बिद्यालय सुधारमा लाग्छु भनेर मन वचन कर्मले लाग्यौं भने अवश्यपनि सफलताहरु प्राप्त हुने छन् ।
त्यसका लागि हामीले सबैलाई सचेत र जागरुक गराँउन सक्नु पर्छ । तर, त्यसको सुरुवात भने आँफैबाट गरिनु पर्छ । त्यो सफलताका लागि एक जुट भएर शैक्षिक अभियान सञ्चालन गर्न जरुरी छ ।
देशको बिकासमा हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले गर्ने ? भन्ने भावनालाई आत्मसाथ गर्न जरुरी छ । किनकी हामी त्यतिबेला हाम्रो राम्रो राष्ट्र निर्माणमा जुटिरहेका हुन्छौं । एउटा राम्रो बिद्यालय बनाउनका लागि उक्त बिद्यालयका सम्पूर्ण पक्षहरु जस्तै शिक्षक कर्मचारी, बिद्यालय व्यवस्थापन समिति, अभिभावक, बिद्यार्थी र बिद्यालय संग सम्बन्धित जिम्मेवार निकायहरु सबैले गुणस्तरिय शिक्षाका लागि हामीले केही योगदान गर्न जरुरी छ भन्ने भावना बोकेको हुनुपर्छ ।
यी सम्पूर्ण पक्षहरुमा ‘ म बनाउँछु मेरो बिद्यालय’ भन्ने अभियानलाई आत्मसाथ गरि सो अभियानमा जोडिन सके बिद्यालय शिक्षामा ठूलो परिवर्तन हुन सक्छ । बिद्यालयको दृष्टिकोण, लक्ष्य र योजनाको मुख्य पात्र भनेको उक्त बिद्यालयको प्रधानाध्यापक नै हो । जसले बिद्यालय ब्यबस्थापन समिति र अन्य शिक्षक तथा कर्मचारीमा चाहे अनुरुपको सुधार ल्याउन भूमिका खेल्न सक्छ ।
प्रअ ब्यक्तिगत स्वार्थदेखि माथि उठ्न सके, सही निर्णय गर्ने शक्ति बर्करार राखे, क्षमता पर्दशन गर्न सके धेरै सुधार हुन सक्छ । प्रअमा हुनुपर्ने अरु गुणहरु मध्य उ पक्षपातरहित हुन जरुरी छ । सामुहिकतामा रमाउँदै सहनशिलता र सृजनशिलता जस्ता गुणहरुले प्रअ भरिपूर्ण हुन जुरुरी छ ।
प्रअको मन मस्तिस्कमा संधै आफ्नो बिद्यालयलाई अरु बिद्यालय भन्दा कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्ने सकारात्मक चिन्तन हुन आवश्यक हुन्छ । त्यसका लागि आफ्ना सम्पूर्ण शिक्षक कर्मचारी र बिद्यार्थीलाई मोटिभेट गर्दैै ‘म बनाउँछु मेरो बिद्यालय’ अभियानमा समाहित गराउन सक्नु पर्दछ । तर, अर्कौ एउटा सत्यपनि के हो भने – कुनैपनि बिद्यालयको शैक्षिक सफलता वा बिफलता समुदायको भूमिकामा निर्भर गर्दछ । शैक्षिक गुणात्मकता र उपलब्धि प्राप्तिमा समुदाय, सचेत अभिभावक, स्पष्ट शिक्षा नीति र नेतृत्वको ठूलो हात हुने गर्दछ ।
पेशागत रुपमा आँफूले नेतृत्व गर्ने प्रअ, आँफू संलग्न अध्यापनरत शिक्षक, आफ्नो भबिस्य जोडिएको पठनपाठनमा संलग्न बिद्यार्थीहरु सबैले त्यो मनन् गर्न जरुरी हुन्छ । सबैले उत्कृष्ट संस्थासंग जोडिएको सुन्तुष्टिको भण्डारको रुपमा आफ्नो बिद्यालय बिकास गर्न मन,वचन, कर्मले सघाउन आवश्यक हुन्छ ।
सामुहिक प्रतिबद्धता, पेशागत इमान्दारिता, पारदर्सी नेतृत्वबाट मात्रै अपेक्षित नतिजा हासिल गर्न सकिन्छ । तसर्थ सरोकारवालहरुले समस्याको पहिचान, समाधानको पहल र निरन्तर आत्मसमिक्षा गर्न जरुरी हुन्छ । बिद्यालयहरुले निरन्तर अन्तरक्रिया, प्राप्त सबल पक्षको संरक्षण, पृष्ठपोषण र कमजोरी न्यूनिकरणका लागि लाग्न सक्नु पर्छ ।
साथै समुदायको विश्वास जित्दै समुदायलाई बिद्यालयको उन्नयनमा केही गर्नु पर्छ भन्ने मनोभावनाको बिकास गर्न अति आवश्यक मानिन्छ । त्यसपछि मात्रै कुनैपनि सामुदायिक विद्यालय उत्कृष्ट बन्न सक्छ । त्यो भनेको त्यहाँ गुणस्तरिय शिक्षा प्राप्त हुनु हो । असल नागरिक उत्पादन गर्नु हो । उत्कृष्ट नतिजा प्राप्त हुनु हो ।
लेखक – मानबहादुर बस्नेत बिज्ञान शिक्षक हुन ।

