२०८२ चैत्र १ गते आइतवार

पहिरोका कारण दाङ–सल्यान–रुकुम सडक खण्ड अवरुद्ध

दाङ, कात्तिक ३ । अबिरल बर्षापछि ठाउँ÷ठाउँमा पहिरो झरेपछि दाङ–सल्यान – रुकुम सडक खण्ड अबरुद्ध बनेको छ । दाङको तुलसीपुर हुँदै सल्यान कपुरकोटदेखि रुकुम सडक खण्ड अवरुद्ध हुँदा यातायातका साधान सञ्चालनमा आउन सकेका छैनन् ।

कपुरकोट गाउँपालिका अन्तरगतको अरीगाँंलेफेदी भन्ने स्थान र बागचौर नगरपालिकाको जलेखर्च भन्ने स्थानमा झरेको पहिरोका कारण राप्ती राजमार्गका सवारी साधान सञ्चालनमा आउन नसकेको सल्यान जिल्लाका प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिए ।

पहिरो पञ्छाउने र सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *