२०८१ बैशाख १५ गते शनिवार

बाबुले छोराको हत्या गरे

दाङ, असोज २७ । सल्यानमा मदिराले मातेका बाबुले खुर्पा प्रहार गरि आफ्नै छोराको हत्या गरेका छन् ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नं. १० का ५६ बर्षीयले बाबु निमबहादुर कवरले खुर्पा प्रहार गरि ३३ बर्षीय छोरा रुपलालको हत्या गरेका छन् ।

बाबुको खुर्पा प्रहारबाट छोराको घाँटी लगभग छिनालिएको र उनको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले जानकारी दिए । घटनाको कारण मासुको बिबादलाई मानिएको छ ।

मंगलबार दिउँसो गाउँमै राँगा काटिएको थियो । मासु भागबण्डा गर्ने क्रममा बाबु निमबहादुरले आँफूलाई हड्डी मात्रै दिएको भनेर असन्तुष्टि जाहेर गरेका थिए । निमबहादुरले त्यहाँ बिबाद सृजना गर्न थालेपछि छोरा रुपलालले बाबुलाई धकलेर घर जान आग्रह गरेका थिए ।

‘छोराले आँफूलाई सार्वजनिक रुपमै धकेलेर अपमान गरेको भन्दै बाबु निमबहादुरले छोरा प्रति इगो साँचेको देखिन्छ,’ डिएसपी थापाले भने ‘रातिमा छोरा बुवाको घरमा पुग्दा मदिराले मातेका दुबैका बीचमा फेरि त्यही कुरा उठेपछि एकाएक बाबुले छोराको घाँटीमा खुर्पा प्रहार गरि हत्या गरेको खुल्न आएको छ ।’

प्रहरीले अभियुक्त निमबहादुरलाई नियन्त्रणमा लिइ सकेको र जिल्ला प्रहरी कार्यालय खलंगा तर्फ ल्याउन थालिएको प्रहरीले जनाएको छ । रुपलालको शव बुधबार बिहान पोष्ट मार्टमका लागि जिल्ला अस्पताल खलंगा ल्याउन थालिएको डिएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *