२०७८ कार्तिक १ गते सोमवार

मानव अधिकार आयोगका कार्यालय दशैँ, तिहार र छठ बिदामा पनि खुल्ला रहने

काठमाण्डौ,असोज २६ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरू दशैँ, तिहार र छठ बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुने भएको छ ।

आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका अनुसार नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखेर आयोगले विगतमा झैँ यस वर्ष पनि बिदामा आयोग खुल्ला रहनेछ ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकतानुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमन समेत गर्ने उनले बताए ।

प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *