
तुलसीपुर,असोज २४ । नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य स्वर्गीय हेमप्रकाश ओलीको तुलसीपुर ६ स्थित निवासमा श्रद्धान्जली सभा भएको छ ।
नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनले ओलीको ९औं दिनमा उनको निवासमा पुगेर श्रदान्जली सभा गरेका हुन ।
नेपाल पत्रकार महासघंका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले स्वर्गिय पत्रकार ओलीले रेडियो र टिभी पत्रकारितामा पर्दशन गरेको क्षमता अनुकरणिय रहेको बताए ।
दाङको पत्रकारिता जगतले स्वर्गिय ओलीको क्षमताको सदा स्मरण गर्ने केन्द्रीय अध्यक्ष पोखरेल बताए ।
‘पत्रकारिता क्षेत्रमा एउटा छुट्टै सम्भावना बोकेको सदस्य गुमाउदा निकै पीडा बोध भएको छ,’ पोखरेलले भने ।
केन्द्रीय अध्यक्ष पोखरेलले परिवार जनलाई बिचलित नहुन र शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न आग्रह गरे ।
नेपाल पत्रकार महासघं दाङका उपाध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको शोक सभाको सहजीकरण महासघं दाङका सचिव आरके शितलले गरेका थिए ।
त्यसक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष शरद रेग्मी, संघका पूर्व जिल्ला अध्यक्ष सुदीप गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद नारायणी रजौरे, युनियनका नारायण खड्का, पूर्ब जिल्ला सचिव देबेन्द्र बस्नेत, महासंघका जिल्ला सदस्य सञ्तोष केसी, युनियनका धुर्बराज न्यौंपाने, निरला गैरे, यमकला भुसाल लगाएको उपस्थिति थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी ३५ वर्षीय ओलीको असोज १५ गते उपचारका क्रममा बाँकेमा निधन भएको थियो ।