२०७८ कार्तिक १ गते सोमवार

सन्दर्भ ः अन्तराष्ट्रिय शिक्षक दिवस

शिक्षा रुपान्तरणमा शिक्षकको भुमिका महत्वपूर्ण


तुलसीपुर,असोज १९ । मगंलवार अन्तराष्ट्रिय शिक्षक दिवस । यो दिवस हरेक वर्ष गुणस्तरीय शिक्षाका लागि योगदान गर्ने शिक्षकका सम्मानमा मनाइने गरिन्छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टोबर ५ का दिन अन्तराष्ट्रिय शिक्षक दिवस मनाइँदै आइएको हो ।

दिवसका अवसरमा तुलसीपुरमा २१ औँ शताब्दीमा शिक्षाको रुपान्तरणमा शिक्षकको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाको आयोजना तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल समन्वय समिति दाङको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।


कार्यक्रममा शिक्षाबिद् बिष्णु देवकोटाले समाज सुधारमा शिक्षकको भुमिका महत्वपुर्ण हुने बताए ।

समाज र विद्यार्थीको सुधारमा शिक्षकको भुमिका महत्वपुर्ण हुन्छ,उनले भने ,जबसम्म विद्यार्थीहरुसगं अन्तरक्रिया गरिदैन,तबसम्म विद्यार्थीको रुपान्तरण हुन सक्दैन ।


उनले पछिल्लो समय शिक्षाको गुणस्तर खस्कदगएको बताउँदै समयको मागसगै शिक्षाको गुणस्तरलाई बढाउनुपर्ने बताए ।

२१ औँ शताब्दीमा आइपुग्दा प्रविधिले धेरै फट्को मारिसक्यो,उनले भने तर पठन शिक्षाले फट्को मार्न सकिरहेको छैन,यसको गति पहिलेकै गतिमा चलिरहेको छ ।

कार्यक्रममा शिक्षक महासघं दाङका सचिव नवराज डाँगीले राज्यले शिक्षकहरुलाई गरिरहेको विभेदको अन्त्य गर्नुपर्ने बताए ।

शिक्षकहरु सधै प्रतिपक्षकै रुपमा छौँ, उनले भने,शिक्षा क्षेत्र उकास्न राज्यले गर्ने विभेद्को अन्त्य हुन जरुरी छ ।


नेपाल शिक्षक सघं तुलसीपुरका अध्यक्ष लेबेन्द्र केसीले राज्य संस्थाकै कारण शिक्षकको भुमिकालाई अपहेलित बनाइएको बताए ।

शिक्षा क्षेत्रलाई परिवर्तन गर्न सिद्धान्त,पुस्तक मात्र परिवर्तन गरेर नहुने बताउँदै उनले यसको लागि व्यक्तीले व्यवहार परिवर्तन गर्नुपर्ने बताए ।

नेपाल राष्ट्रिय शिक्षक सगंठन तुलसीपुरका सचिव होमराज डाँगीले शिक्षक,अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध हुने बताए ।

विद्यार्थीलाई स्कुल पठाएर अभिभावक जिम्मेवारीबाट पन्छने प्रबृतिको अन्त्य गर्न आवश्यक छ,यसो गर्न सकेमा मात्र गुणस्तरीय शिक्षा दिन सहज हुने छ,उनले भने ।

उनले तुलसीपुरले विद्यालयमा दशै विदा कटौती गरेको भन्दै आपत्ती जनाए । शिक्षा समितिले गरेको निर्णय अनुसार सामुदायिक तथा निजि विद्यालयमाा घटस्थापना दिन असोज २१ देखि असोज ३० सम्म विदा दिईएको छ,उनले भने ,तर हामीलाई यो मान्य छैन,शिक्षा ऐनमा उल्लेख भएका हक,अधिकारलाई खोस्न पाइदैन,यो निणर्य तत्काल सच्याउन अनुरोध छ ।


तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका अध्यक्ष कुमार लामिछानेको अध्यक्षता तथा उपमहानगरपालिकाका कार्यबहाक प्रमुख डिला परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल समन्वय समिति दाङका संयोजक रुपलाल चौधरी,न्यायीक समिति सदस्य जानका रेग्मी,यमुना परियार,मावी कालाखोलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरी,प्यावसन तुलसीपुरका सदस्य कमल सापकोटा,महेन्द्र मावीका छात्र सन्दीप बुढाथोकी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल समन्वय समिति दाङका सचिव रोहीत कुमार चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका मदन कृष्ण श्रेष्ठले गरेका थिए।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *