२०८२ चैत्र २ गते सोमवार

काँग्रेस रुकुम पूर्वको सभापतिमा मगर सर्वसम्मत रुपमा चयन

दाङ, असोज १६ ।नेपाली कांग्रेस रुकुम पूर्वको सभापतिमा पुनः केशरमान रोका मगर सर्वसम्मत निर्वाचित भएका छन । यसअघि पनि मगर जिल्ला पार्टी सभापति नै थिए ।

पार्टीको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको जिल्ला अधिवेशनले रोकालाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरेको हो । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य सभापति निर्वाचित हुने रोका पहिलो हुन ।वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने मगर पूर्व राज्य मन्त्रीपनि हुन ।

त्यस्तै जिल्ला अधिबेशनले उपसभापतिमा भिमबहादुर खड्का र तेजेन्द्र खाम मगर, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी, सहसचिवमा धनप्रताप बुढा मगर र खड्कबहादुर घर्ती लगायत सबै कार्यसमिति सर्वसम्मत चयन गर्न सफल भएको छ ।

सिमाकंनका क्रममा रुकुमलाई बिभाजन गरि रुकुम पश्चिम र रुकुम पूर्ब निर्माण गरिएको थियो । यो नेपालको कान्छो जिल्ला हो ।

प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *