२०८३ बैशाख १५ गते मङ्गलवार

सुटुक्क क्रसरमा माल ओसार्दै गरेका फोरलेनका ४ टिप्पर समातिए

तुलसीपुर, असोज १५ । सुटुक्क बिना कागजात माल क्रसर उद्योगमा ओसार्दै गरेका फोर लेनका चार टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रबक्ता झलकप्रशाद शर्माले दंगीशरणको बालापुरबाट प्रहरीले प्रदेश २०३००१ (ख) १८७१, प्र २०३००१ (ख) १७२५, प्र २०३००१ (ख) १८७६ र प्र २०३००१ (ख) १८८१ नम्बरका टिप्परहरु कर छलि गरि अबैध रुपमा ढुँगा बाकेको अवस्थमा नियन्त्रणमा लिइएको फरककोणलाई बताए ।

ढुँगा लोडेड ती टिप्परहरु चेक जाँच गर्ने क्रममा आवश्यक कुनैपनि कागजात फेला नपरेपछि टिप्परहरु नियन्त्रणमा लिनु परेको प्रहरी प्रबक्ता शर्माले जानकारी दिए ।

यसरी नदी तथा खोला जन्य बस्तुहरु ओसार्दा स्टकको माल भए त्यो प्रमाणित गर्ने कागज हुनुपर्ने हुन्छ । क्रसर उद्योगबाट सामन ल्याएको हो भने त्यहाँको बिल वा भ्याट बिल अनिवार्य चाहिने भएपनि ती कुनै कागजात फेला नपरेको प्रहरी निरिक्षक शर्माले जानकारी दिए ।

ती ढुँगा छिल्लाकोटबाट ल्याएर क्रसर उद्योगमा बेच्न लैजाँदै गर्दा बालापुर क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
‘ढुँगा कहाँबाट ल्याइएको हो र कहाँ लैजान खोजेको हो ? ? भन्ने स्पष्ट खुल्ने कुनै कागजात फेला पर्न सकेन,’ प्रहरी निरिक्षक शर्माले भने ‘ त्यही भएर कर छल्नेहरुलाई कानुनी दायरामा ल्याउन टिप्पर नियन्त्रणमा लिनु परेको हो ।’

ढुँगा लोडेड नियन्त्रणमा लिइएका चार वटै टिप्परहर तुलसीपुर–घोराही फोरलेन सडकको कामको लागि प्रयोग हुँदै आएका टिप्पिरहरु हुन ।

तर, रातको समयमा ब्यक्ति बिशेषले मुनाफाका लागि ढुँगा, बालुवा गिट्टी क्रसरहरुमा बेच्न लैजाने क्रममा टिप्पर प्रहरीले नियन्त्रणमा लिइएको हो ।

स्रोतले युवराज आचार्य, सूर्य तामाङ र चुडा दर्लामीको मिलेमतोमा माल क्रसर उद्योगमा बिक्रिका लागि पठाउने गरिएको जानकारी दिएको छ । यी सबै अनुप पाण्डेका समुहका मानिसहरु भएको र अनुपकै निर्देशनमा काम गर्दै आएको स्रोतको दाबी छ । अनुप तुलसीपुरका मेयर घनश्याम पाण्डेका छोरा हुन । तुलसीपुर–घोराही फोरलेन सडक निर्माणको जिम्मा अनुपले लिएका छन् ।

पछिल्लो समय दोर्ण दुलालले उक्त सडक निर्माणको काम आँफूले लिन लागेको र त्यसका लागि कागजी प्रक्रिया मिलाउने क्रम जारी रहेको बताउँदै आएका छन् ।

त्यही भएर अनुपले यसअघि आँफूले स्टक गरेको माल सुटुक्क क्रसरहरुमा बेच्दै आएको स्रोतले दाबी छ । प्रहरी भने त्यसबारे अनुसन्धान जारी रहेको बताएको छ ।

फोरलेन सडक निर्माणको लागि तुलसीपुर उपमहागनरपालिकाको अनुमतिले तुलसीपुर क्षेत्रका खोला र वन जंगलबाट समेत ढुँगा, बालुवा निकाल्दै आइएको छ । तर, सडकका लागि भनेर निकालेको बालुवा गिट्टी क्रसर उद्योगहरुलाई बेच्दा फोरलेनलाई आवश्यक माल अपुग हुने र सडक निर्माणको काममा बिलम्ब हुने अबस्था देखिएको छ ।

सम्झौता अनुसार अहिलेसम्म फोरलेन सडक निर्माणको काम पुरा भइसक्नु पर्ने हो । तर, कछुवा गतिमा काम भइरहेको छ । जसले गर्दा तुलसीपुर घोराही सडक खण्डको यात्रा जोखिम पूर्ण बनेको छ । बर्षातमा हिलाम्मे र सुख्खा मौसममा सडक खण्ड धुलाम्मे बन्ने गर्छ ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *