२०८३ बैशाख १५ गते मङ्गलवार

सल्यानका दूई वडा सदस्य फेरि एमालेमै फर्किए

सल्यान, असोज १४ । नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका सल्यानका दूई जना वडा सदस्यहरु फेरि नेकपा एमालेमै फर्किएका छन् । बिहीबार बनगाड कुपिण्डे नगरपालिका वडा नं. १२ का वडा सदस्य जोतबहादु बुढा र जोखे कामीले संयुक्त बिज्ञप्ति मार्फत आँफूहरु एमालेमै फर्किएको बताएका छन् ।

उनीहरुले विभिन्न भ्रममा पारी समाजवादीमा सनाखत गर्न लगाएको भएपनि आफुहरु फेरि एमालेमै फर्किएको उल्लेख गरेका छन् ।

माओबादी त्यागेर राना एमालेमा प्रवेश
पूर्व जनमुक्ति सेनाका प्लाटुन कमान्डर चित्रबहादुर राना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

तत्कालीन नेकपा माओवादीले गरेको दश वर्षे द्धन्दका क्रममा उनी पूर्व जनमुक्ति सेनाको प्लाटुन कमान्डर थिए ।

हाल उनी एकीकृत नेकपा माओवादी बागचौर नगरकमिटीका सदस्य थिए । उनी नेपाल कराते महासंघ अन्तर्राष्ट्रिय रेफ्रीपनि हुन ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *