२०८३ बैशाख १५ गते मङ्गलवार

गौरबले जोगाएको टिमको ‘गौरब’

उपाध्यक्षको मात्रै सृङखला

तुलसीपुर, असोज ११ । तुलसीपुरमा अनिल कार्की नेतृत्वको टिमबाट उपसभापतिमा निर्वाचित हुने एक्ला भाग्यमानी युवाहुन गौरब सुबेदी । जो टिमका सारा सबैले हार्दापनि जित निकालेर एक्लै सुटुक्क निक्लिन सफल भए ।

उनकै कारण यतिखेर तुलसीपुरमा कार्की टिमको शाख जोगिएको छ । पूर्व माननिय गेहेन्द्र गिरीका टिमको एक्ला ‘गौरब’ यतिखेर खासमा गौरब मात्रै हुन ।

३५ बर्षीय गौरब राप्ती बबई क्याम्पसमा २०६० सालमा नेविसंघ इकाई उपसभापति भएका थिए । गौरब २०६५ सालमा स्ववियू उपसभापतिमा निर्वाचित भए । संयोग अहिलेपनि उनी तुलसीपुर उपमहानगरपालिकाको उपसभापतिमा निर्वाचित भएर आफ्नो राजनीतिक जीवनमा उपसभापतिको सृङखला बनाउन सफल भएका छन् ।

प्राप्त निर्वाचन परिनाम अनुसार गौरबले २८५ मत प्राप्त गर्दा प्रतिस्पर्धी ७३ बर्षीय पिमलाल डाँगीले २५३ मत प्राप्त गरेका थिए । ३२ मत बढी पाउने गौरब लक्की साबित भए । लगभग बाजे समान उमेरका डाँगी टिमबाट एक्ला अनलक्की ।

डाँगी तुलसीपुर ९ का पञ्चायत कालकै वडाध्यक्ष हुन । शंकर पौडेल तुलसीपुरको नगर सभापति हुँदा डाँगी नगर उपसभापति थिए ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत असोज ९ गते तुलसीपुर उपमहानगरपालिकाको नेतृत्व चुन्न निर्वाचन भएको थियो ।

दूई प्यालन नेतृत्व हत्याउन भिडेका थिए । एउटा प्यानलको नेतृत्व सुरेश हमाल र अर्कौ प्यानलको नेतृत्व अनिल कार्कीले गरेका थिए । हमालको टिमलाई काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी र कार्कीको टिमलाई पूर्व माननिय गेहेन्द्र गिरीको साथसमर्थन थियो ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *