२०८३ जेष्ठ ३१ गते आइतवार

के यो काँग्रेस भित्र ‘युवा लहर’ आउन थालेको संकेत हो ?

तुलसीपुर, असोज ११ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत असोज ९ गते तुलसीपुर उपमहानगरपालिकाको नेतृत्व चुन्न निर्वाचन भयो । दूई प्यालन नेतृत्व हत्याउन भिडेका थिए । एउटा प्यानलको नेतृत्व सुरेश हमाल र अर्कौ प्यानलको नेतृत्व अनिल कार्कीले गरेका थिए ।

दुबै प्यानलमा एकाध बाहेक सबै प्रतिपस्पर्धी युवाहरु मात्रै थिए । त्यो आँफैमा काँग्रेस भित्र अब नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको आँफैंमा ठूलो संकेत थियो । ‘युवाको लहर’को संकेत थियो । अझ रोचक कुरा के भयो भने – सुरेश हमालको टिम सबैले बिजय हासिल गर्दा अनिल कार्कीको टिमबाट उपाध्यक्षमा गौरब सुबेदीले मात्रै आफ्नो गौरब जोगाउन सफल भए ।

उनी टिमा सबैभन्दा लक्की ठहरिए । गौरब क्या मज्जाले फुत्त र सुटुक्क जित निकाल्न सफल भए । प्राप्त निर्वाचन परिनाम अनुसार गौरबले २८५ मत प्राप्त गर्दा प्रतिष्पर्धी २५३ मत प्राप्त गरेका थिए ।

३५ बर्षीय गौरब राप्ती बबई क्याम्पसमा २०६० सालमा नेविसंघ इकाईइ उपसभापति थिए । पछि उनी २०६५ सालमा स्ववियू उपसभापतिमा निर्वाचित भए । संयोग अहिलेपनि उनी तुलसीपुर उपमहानगरपालिकाको उपसभापतिमा निर्वाचित भए ।

हमालको टिमबाट एक्ला अनलक्की साबित भएका ७३ बर्षीय डाँगी जम्मा ३२ मतले पछाडि परे । डाँगीको योगदान पार्टीमा गौरबको तुलनामा कता हो कता उचाईको छ । डाँगी तुलसीपुर ९ का पञ्चायत कालकै वडाध्यक्ष हुन ।

शंकर पौडेल तुलसीपुरको नगर सभापति हुँदा डाँगी नगर उपसभापति भएर कुशला पूर्वक जिम्मेवारी निर्वाह गरेका थिए । संधै शान्त, बफादारिता, इमान्दारिता र निष्ठाको राजनीति गरे । त्यसो भए किन डाँगीले निर्वाचन हाड्नु परेको हो ? धेरैले यस्को उत्तर काँग्रेस भित्र अब यसले पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको संकेतका रुपमा बुझ्नु पर्ने तर्क गर्न थालेका छन् ।

‘अबको माग सशक्त संगठन र उर्जाबान नेतृत्व हो,’ युवा नेता युवराज खड्काले भने ‘अग्रजहरु अभिभावकिय भूमिकामा रहनु उचित छ भन्ने निर्वाचनको सन्देश हो ।’

यो मात्रै एउटा उदाहरण हैन, लमही नगरपालिकामा पनि ठिक यस्तै भएको छ । जहाँ ३० बर्षीय सञ्तोष बुढाथोकीले लगभग हजुरबाजे उमेरका ७९ बर्षीय शिबु चौधरीलाई पराजित गर्दै नगर सभापतिमा जितको झण्डा फहराएका छन् । जिल्लाका दश पालिका मध्य युवा भिडेको स्थानमा अधिकाँस ठाउँमा युवाहरु नेतृत्वमा आएका छन् ।

कुरा यत्तिमा मात्रै सीमित छैन । भदौ २२ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा भएको वडा महाधिबेशनको एउटा थप उदाहरणपनि हेरौं ।

वडा क्षेत्रीय प्रतिनिधि एउटै टिमबाट उम्मेदवारी दिएका तीन जनाको बराबर मत आयो । मतदानमा क्षेत्रीय प्रतिनिधितर्फ शंकर दिवस मज्गैंया, यमकान्त भण्डारी र जितेन्द्रप्रकाश वलीले समान १४२ मत मत प्राप्त गरे । उमेरका आधारले मात्रै यिनाल्दा सबै भन्दा जेष्ट मज्ग्रैया, मण्डारी र सबैभन्दा कान्छा उमेरका डाँगी हुन ।

तर, पार्टीमा सबैभन्दा धेरै योगदान मज्गैंयाकै थियो । त्यसो भए छोरा र भाइ समान डाँगी, भण्डारी र मज्गैंयालाई मतदाताले किन ? समान मुल्याङकन गरे ? के पढेलेखेका भनिएका अहिलेका युवा भुलभुलैयामा छन् ? भ्रमित छन् ? गलत निर्णय गरेका हुन ? जस्को उत्तर सहज छैन ।

पछि निर्वाचन समितिका पदाधिकारी आफैंले चिठ्ठा तानेर यी तीन मध्य मज्गैंयालाई विजयी बनाएका थिए । कसैले मानोस वा नमानोस त्यो एउटा सेटिङ थिएन ? भन्ने बारे आजपनि धेरैले आशंका ब्यक्त गरिरहेका छन् । छलकपट पूर्ण राजनीति भगवान जाने …? तर, जे होस, मज्गैंया माथि न्याय भएको तर्क पुरानो पुस्ताहरु गर्दै आएका छन् ।

‘सायद यो काँग्रेस रुपान्तरणको योग हो,’ खड्काले भने ‘ साँच्चि नै अहिले महाधिबेशनबाट धेरै आशलाग्दा युवाहरु नेतृत्वमा आएका छन् । अब उनीहरुको अग्नी परीक्षा सुरु हुने छ ।’

हालसम्म युवाहरुलाई नेताहरुले राजनीतिको झोला मात्रै बोकाउँदै आएको भएपनि महाधिबेशनबाट जवरजस्त रुपमा युवाहरु आएपछि त्यसले पार्टी भित्र ठूलो रुपान्तरणको संभावना औंल्याएको युवा नेता खड्काले तर्क गरे ।

‘अहिलेसम्म बरु बुढापाका नेता मिल्छन् तर, युवा आपसमा कहिलै मिल्दैनन् भन्ने मात्रै आरोप छ,’ खड्काले भने ‘अब युवाहरुले आफ्नो उर्जाको सही सदुपयोग गर्नु पर्छ,तर,अग्रजको उचित सम्मान र सल्लाह ग्रहण गर्नु अपरिहार्य छ ।’

युवाले दिल दिमागले चाहेमा पार्टी भित्रको गुटगत जालोको त्यान्द्राहरु सहजै मिल्काएर फाल्न सक्ने र त्यसले काँग्रेसलाई मुलुकको सबै भन्दा प्रगतिशिल अनि गतिशिल पार्टी बनाउने खड्काले आशा ब्यक्त गरे ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *