तुलसीपुर, असोज ९ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत ४०० मत गणना गर्दा नगर सभापति पदका उम्मेदवार सुरेश हमालको टिमले अग्रता बढाउँदै लगेको छ ।
सभापतिमा हमालले २५४ र प्रतिपर्धी अनिल कार्कीले जम्मा १३४ मत मात्रै प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका बिनिल केसीले २४९ मत प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका पिमलाल डाँगीको १७२ मत प्राप्त गरेका छन् ।
उनीहरुका प्रतिपर्धी कार्की टिमका उपसभापतिहरुले ४०० मत गणना गर्दा गौरब सुबेदीले १८० र अशोककुमार श्रेष्ठको १२५ मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिब तर्फ हमाल टिमका सुशील वलीले १९२ र बिमल पौडेलले २२४ मत प्राप्त गरेका छन् । कार्की टिमका सचिव पदका उम्मेदवारहरु भोजराज न्यौंपानेको १४०, परशुराम चौधरीको ११८ मत प्राप्त गरेका छन् । सचिब पदकै स्वतन्त्र उम्मेदवार तिलकबहादुर बस्नेतको ४५ मत प्राप्त भएको छ ।
त्यस्तै हमाल टिमका सहसचिब पदका उम्मेदवार झनकबहादुर बस्नेतले १३४ र शेषमणि भण्डारीले २३९ मत प्राप्त गरेका छन् ।
सहसचिब पदमा कार्की टिमका अशोक भण्डारीले १३९ र तिलसरा वलीले ११७ मत प्राप्त गरेका छन् ।
मतगणना अझैं जारी छ । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो ।
