तुलसीपुर, असोज ९ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत तीनसय मत गणना गर्दा नगर सभापति पदका उम्मेदवार सुरेश हमालको टिमले अग्रता बढाउँदै लगेको छ ।
सभापतिमा हमालले २२८ र प्रतिपर्धी अनिल कार्कीले जम्मा ११४ मत मात्रै प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका बिनिल केसीले २२१ मत प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका पिमलाल डाँगीको १५० मत प्राप्त गरेका छन् ।
उनीहरुका प्रतिपर्धी कार्की टिमका उपसभापतिहरुले ३५० मत गणना गर्दा गौरब सुबेदीले १६१ र अशोककुमार श्रेष्ठको १०८ मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिब तर्फ हमाल टिमका सुशील वलीले १६६ र बिमल पौडेलले १९९ मत प्राप्त गरेका छन् । कार्की टिमका सचिव पदका उम्मेदवारहरु भोजराज न्यौंपानेको १२२,परशुराम चौधरीको १०६ मत प्राप्त गरेका छन् । सचिब पदकै स्वतन्त्र उम्मेदवार तिलकबहादुर बस्नेतको ३८ मत प्राप्त भएको छ ।
त्यस्तै हमाल टिमका सहसचिब पदका उम्मेदवार झनकबहादुर बस्नेतले १०४ र शेषमणि भण्डारीले २१४ मत प्राप्त गरेका छन् ।
सहसचिब पदमा कार्की टिमका अशोक भण्डारीले १२५ र तिलसरा वलीले १०६ मत प्राप्त गरेका छन् ।
मतगणना अझैं जारी छ । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो ।
