२०८३ बैशाख १५ गते मङ्गलवार

२५० मत गन्दा सुरेश हमालको टिमको अग्रता कायमै

तुलसीपुर, असोज ९ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत २५० मत गणना गर्दा नगर सभापति पदका उम्मेदवार सुरेश हमालको टिमले अग्रता बढाउँदै लगेको छ

सभापतिमा हमालले १६३ र प्रतिपर्धी अनिल कार्कीले जम्मा ८१ मत मात्रै प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका बिनिल केसीले १५८ मत प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका पिमलाल डाँगीको १०९ मत प्राप्त गरेका छन् ।

उनीहरुका प्रतिपर्धी कार्की टिमका उपसभापतिहरुले २५० मत गणना गर्दा गौरब सुबेदीले ११० र अशोककुमार श्रेष्ठको ७३ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिब तर्फ हमाल टिमका सुशील वलीले ११६ र बिमल पौडेलले १४८ मत प्राप्त गरेका छन् । कार्की टिमका सचिव पदका उम्मेदवारहरु भोजराज न्यौंपानेको ८४,परशुराम चौधरीको ७२ मत प्राप्त गरेका छन् । सचिब पदकै स्वतन्त्र उम्मेदवार तिलकबहादुर बस्नेतको २६ मत प्राप्त भएको छ ।
त्यस्तै हमाल टिमका सहसचिब पदका उम्मेदवार झनकबहादुर बस्नेतले १३८ र शेषमणि भण्डारीले १५३ मत प्राप्त गरेका छन् ।

सहसचिब पदमा कार्की टिमका अशोक भण्डारीले ८५ र तिलसरा वलीले ७५ मत प्राप्त गरेका छन् ।
मतगणना अझैं जारी छ । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *