तुलसीपुर, असोज ९ । तुलसीपुर उपमहानगरपालिकाको सभापति पदका उम्मेदवार सुरेश हमाल र उनको टिमले सुरुवाति अग्रता लिएका छन् ।
५० मत गणना हुँदा हमाल प्रतिपर्धी अनिल कार्की भन्दा दोब्बर बढी मतले सुरुवाति अग्रता लिएका छन् । ५० मत गणना हुँदा हमालले ३६ र कार्कीले जम्मा १४ मत मात्रै प्राप्त गरेका छन् ।
त्यस्तै उपसभापति पदमा बिनिल केसीले पनि सुरुवाति अग्रता लिएका छन् । हमाल र उनको टिमका पदाधिकारीहरु सबै सुरुवाति चरणमा लिड गरेको देखिएका छन् ।
तुलसीपुरका कुल ५९३ मतदाता मध्य शनिबार भएको मतदानमा ५९१ मत खसेको थियो ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत नगरको नेतृत्व चुन्न शनिबार तुलसीपुरमा मतदान भएको हो ।
प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार