तुलसीपुर , असोज ९ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत शनिबार भएको निर्वाचनको परिनाम आउने क्रम सुरु भएको छ । जिल्लाका दश पालिकाहरु मध्य अब तुलसीपुर र घोराही उपमहानगरपालिकाको मात्रै परिनाम आउन बाँकी छ । देउखुरीको लमही नगरपालिकामा सञ्तोष बुढाथोकी निर्वाचित भएका छन् ।
गढवा गाउँपालिकाको सभापतिमा गढवामा किरण पौडेल निर्वाचित भएका छन् । राजपुर गाउँपालिकामा नरेन्द्र भण्डारी बिजयी भएका छन् । देउखुरीका चार पालिकामध्य लुम्बिनी प्रदेशको केन्द्र तोकिएको राप्ती गाउँपालिकामा शुक्रबार नै वडा नं. ७ का वडाध्यक्ष बिद्याशरण चौधरीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।
त्यस्तै घोराही उपमहानगगरपालिकामा मतगणना जारी छ । त्यहाँ नगर सभापति पदका दूई सय मत गणना हुँदा तिकल रावत दोब्बर बढी मतले अगाडि देखिएका छन् । रावतले १ सय २३ मत प्राप्त गर्दा प्रतिपर्धी निरज गिरीले जम्मा ७५ मत मात्रै प्राप्त गरेका छन् ।
घोराही उत्तरको पहाडी जिल्ला बंगला चुलीमा शुक्रबार नै सर्वसम्मत नेतृत्व चयन भएको थियो । त्यहाँ जागेश्वर अधिकारी गाउँपालिकाको सभापति चयन गरिएका छन् ।
घोराही पश्चिमको तुलसीपुर उपमहानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदैछ । जिल्लाका दश पालिका मध्य सबै भन्दा बढी चर्चा पाएको स्थान तुलसीपुर हो । यहाँ सुरेश हमाल र अनिल कार्की फरक ÷ फरक प्यानलबाट प्यानलसहित मैदानमा उत्रिएका छन् । सबै भन्दा बढी मतदात भएको पालिकापनि यही हो ।
तुलसीपुर पश्चिमको दंगीशरण गाउँपालिकामा शनिबार भएको निर्वाचनबाट शम्भु गिरी निर्वाचित भएका छन् । शान्तिनगर गाउँपालिकामा शुक्रबार नै झकल केसीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।
दाङको सबै भन्दा पश्चिमको पालिका बबई गाउँपालिकामा शनिबार भएको निर्वाचनबाट प्रकाश बस्नेतको प्यानल निर्वाचित भएको छ । परिनाम आउन बाँकी पालिकाहरु मध्य घोराहीको अब केही बेरमा र तुलसीपुरका राति अबेरसम्म परिनाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।