
तुलसीपुर, असोज ९ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत शनिबार भएको निर्वाचनबाट दंगीशरणमा शम्भु गिरी निर्वाचित भएका छन् । गिरीले ७६ मत प्राप्त गरेका हुन ।
निर्वाचन समितिका अनुसार उनका प्रतिपर्धी हर्कबहादुर बुढाथोकीले जम्मा ४३ मत प्राप्त गरेका थिए । सभापतिमा दूई म बदर भएको थियो । त्यस्तै उपसभपति पदमा गिरी प्यानलकै गिरिराज न्यौंपानेले ८० मत र दूर्गाबहादुर बोहरा ७१ मत प्राप्त गरि बिजयी भएका छन् ।
त्यस्तै सचिब पदमा गिरी प्यानलकै ओपेन्द्रराज शर्मा ७० मत र बामदेब बिष्ट ६४ मत प्राप्त गरि बिजयी भएका छन् । त्यस्तै सहसचिब पदमा गिरी प्यानलकै टोपबहादुर खड्का ७१ र डम्मर वली (बिक्रम) ६६ मत प्राप्त गरि निर्वाचित भएका छन् । दंगीशरणमा कुल १२२ मतदाता रहेकोमा १२१ मत खसेको थियो ।
दंगीशरणको सभापतिमा निर्वाचित गिरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीका नजिकका नातेदार हुन । पूर्व शिक्षक समेत रहेका गिरी केन्द्रीय सदस्य गिरीको पुर्खेउली घर हेकुली निवासी हुन ।