२०८३ जेष्ठ ३१ गते आइतवार

बबई सभापतिमा प्रकाश बस्नेत र गढवामा किरण पौडेल निर्वाचित

दाङका ५ पालिकाको नतिजा सार्वजनिक

तुलसीपुर, असोज ९ । पश्चिम दाङका दूई गाउँपालिका शान्तिनगर र बबईमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी निकटको प्यानल बिजयी भएको छ ।

१४औं महाधिबेशन अन्तरगत शनिबार भएको मतदानबाट बबई गाउँपालिकाको सभापतिमा प्रकाश बस्नेत निर्वाचित भएका छन् । बस्नेत काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी प्यानलबाट मैदानमा उत्रिएका थिए ।

नयाँ नेतृत्व चुन्न शनिबार बिहान दश बजेदेखि मतदान भएको थियो । निर्वाचन परिनाम अनुसार बस्नेतलको प्यानलले प्रतिपर्धी पर्शाराम भुषालको प्यानललाई पराजित गरेको हो । बस्नेतले भुषालाई १५ मत अन्तरले पराजित गरेका हुन । ६५ मत प्राप्त गरेका थिए भने प्रतिपर्धी भुषालले ५० मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

बबईमा कुल एकसय १९ मतदाता रहेकोमा एक सय १८ मत खसेको थियो । जसमध्य तीन मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसअघि शान्तिनगरमा शुक्रबार नै झलक केसी सर्वसम्मत रुपमा गाउँपालिका सभापतिमा चयन गरिएका थिए । केसीसहित त्यहाँ सम्पूर्ण पदहरु सर्बसम्मत रुपमा चयन गरिएको हो । शान्तिनगर नेपाली काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगी, गाउँपालिका अध्यक्ष कमानसिंह डाँगी लगाएका नेताहरुको बलियो पकट भएको क्षेत्र हो । उनीहरुले नै केसी नेतृत्वको प्यानललाई सर्बसम्मत बनाउन सहयोगी भूमिका खेलेको हो ।

गढवामा पौडेल निर्वाचित
शनिबार भएको मतदानबाट गढवा गाउँपालिकामा किरण पौडेल बिजयी भएका छन् । उनी पार्टी भित्र संस्थापन इतर पक्षधर हुन । प्रतिपर्धी कृष्णराज पाण्डेले ८१ मत प्राप्त गरेको निर्वाचिन समितिले जानकारी दिएको छ । पौडेलले पाण्डेलाई पाँच मत अन्तरले पराजित गरेका हुन ।

सभापति पदमा १२ मत बदर भएको थियो । कुल एक सय ८१ मतदाता रहेकोमा एक सय ७९ मत खसेको थियो । त्यस्तै सचिव पदमा पाण्डे प्यानलका पुरनप्रशाद चौधरी ९७ र पोषणराज शर्मा ९२ मत प्राप्त गरि बिजयी भएका छन् । गढवा गाउँपालिकामा अन्य सबै पदहरुमा शुक्रबार नै सर्वसम्मत भइसकेको थियो ।

त्यस्तै शुक्रबार नै जिल्लाका बंगलाचुली र राप्ती गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको छ । बंगलाचुलीका सभापति जोगेश्वर अधिकारी पार्टी भित्र संस्थापन पक्षधर अर्थात प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
त्यस्तै राप्ती गाउँपालिकामा शुक्रबार नै सर्बसम्मत रुपमा नेतृत्व चयन भएको छ । वडा नं. ७ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता समेत रहेका बिद्याशरण चौधरी गाउँपालिकाको सभापतिमा चयन गरिएका छन् । उनी पार्टी भित्र संस्थापन इतर पक्षधर मानिन्छन् ।

यी बाहेक जिल्लाका दश पालिकाहरु मध्य तुलसीपुर र घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर, र दंगीशरण गाउँपालिकामा काँग्रेसको नेतृत्व चुन्न शनिबार मतदान भएको छ । तुलसीपुरमा बेलुका ६ बजेसम्म मतदान भएको छ । केही बेरमा यहाँपनि मतगणना सुरु हुँदै छ ।

घोराहीमा भने मतगणना जारी छ । सभापतिमा उम्मेदवार तिकल रावतले सुरुवाति अग्रता लिएका छन् । निरज गिरी उनका प्रतिपर्धी हुन । यो खवर तयारपार्दा सम्म लमही, दंगीशरण र राजपुरमा पनि गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *