२०८१ पुष २९ गते सोमवार

वडाले महिला समुहलाई सिलाई मेसिन बाँड्यो

दाङ, पुष १७ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ ले महिलालाई आयआर्जनतर्फ उन्मुख गराउनका लागि सिलाई मेसिन वितरण गरेको छ । महिलालाई स्वरोजगार वनाउनका लागि मेसिन प्रदान गरिएको वडा अध्यक्ष विरवहादुर विकले वताए । उनले महिला लक्षित कार्यक्रम अन्तर्गत सिलाई मेसिन प्रदान गरिएको जानकारी दिए । ‘महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर वनाउने हाम्रो लक्ष्य हो’ अध्यक्ष विकले भने ।

कार्यक्रममा महिलाहरुलाई मेसिन हस्तान्तरण गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक विकासका लागि महिलाहरु पनि अग्रसर हुनुपर्ने सल्लाह दिए । महिलाहरु पनि आर्थिक विकासका लागि अगाडि वढ्नुपर्ने आवश्यकता रहेको वताउँदै आयआर्जनको बाटोमा जुनसुकै काम गर्नपनि उपमहानगरपालिका तयार रहेको प्रतिवद्धता जाहेर गरे । ‘तपाई काम गर्ने जाँगर वनाउनुहोस् हामी सहयोग गर्न तयार छौ’ नगर प्रमुख पाण्डेले भने ।

उनले साधन स्रोत भएर मात्रै विकास नहुने वताउँदै त्यसको उचित प्रयोगमा सबैले ध्यान दिनुपर्ने तर्क गरे । कार्यक्रममा वडाभित्रका ३ महिला समु्हलाई मेसिन प्रदान गरिएको हो । सृजनशिल कृषि महिला समुह गहतेलाई ३ वटा, सृजनशिल महिला समुह भट्टेलाई ५ वटा,प्रगतिशिल महिला समुह प्रतापकोट नाउलालाई ३ वटा मेसिन प्रदान गरिएको छ । मेसिन पाएपछि महिला सदस्य छवि खराल खुसी व्यक्त गरिन । मेसिनबाट कटाइ सिलाई सिक्नुका साथै व्यवसाय पनि सञ्चालन गर्ने उनले वचन दिएकी थिइन ।

प्रकाशित मिति : २०७५ पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *