
दाङ, असोज ५ । नेपाली काँग्रेसको आशन्न १४औं महाधिबेशन अन्तरगत सल्यान जिल्लामा जिल्ला नेतृत्वको दौडमा चिरपरिचित अनुहारहरु प्रतिपर्धामा उत्रने भएका छन् । एउटा टिमबाट जिल्ला समन्वय समिति सल्यानका सभापति केशबहादुर बिष्ट र अर्को टिमबाट काँग्रेस पूर्व जिल्ला सभापति धुर्बराज पुरीले आ–आफ्ना प्यानलसहित जिल्ला सभापतिमा प्रतिपर्धा गर्न लागेका छन् ।
बिष्ट समुहबाट जिल्ला उपसभापतिमा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सञ्तोष केसी र गोपाल बुढाथोकीलाई उम्मेदवार बनाएको छ । त्यस्तै पुरी समुहबाट हालका जिल्ला सचिव चक्र देवकोटा र नेता डिल्लीबहादुर बुढाथोकी उपसभापति पदका उम्मेदवार रहेका छन् ।
त्यस्तै विष्ट समुहबाट सचिवमा डिल्लीप्रशाद जैशी र एकराज बुढाथोकी छन् भने पुरी समुहले अहिलेका जिल्ला सचिव प्रकाश भण्डारी र लोकराज आचार्यलाई सचिव पदमा खडा गरेको छ ।
त्यस्तै विष्ट समुहले सहसचिवमा खिमबहादुर रावत र बुद्धिप्रकाश हमाललाई उम्मेदवार बनाउँदा पुरी समुहले पदम बुढाथोकी र जनकराज गौतमलाई सहसचिवको उम्मेदवारका रुपमा प्रस्ततु गरेको छ ।
त्यस्तै विष्ट समुहले क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा गोरख केसी र क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा बीरबहादुर सेजवाललाई उम्मेदवार बनाउँदा पुरी समुहबाट क्षेत्र नं. १ मा सुरेश चन्द र क्षेत्र नं. २ मा सुरेश अधिकारी उम्मेदवार बनाइएका छन् ।
बिष्ट पार्टी भित्र संस्थापन पक्षधर हुन । उनलाई स्पष्ट रुपमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर हुन । जिल्लामा उनलाई नेता राजेन्द्रबहादुर शाह लगाएतका साथ समर्थन रहेको बताइन्छ ।
त्यस्तै पुरीपनि ब्यक्तिगत रुपमा संस्थापन पक्षधर नेता नै हुन । केन्द्रमा उनको देउवा संग राम्रो सम्बन्ध छ । तर, जिल्लामा उम्मेदवारी दिने क्रममा उनले बरिष्ठ नेता रामचन्द्र पौडेलको टिम हाबी भएको देखिएको हुँदा पुरीको टिम संस्थापन इतर भन्दा उपयुक्त हुने एक नेताले बताए ।
पुरीको टिमलाई नेताहरु डिल्ली रेग्मी, गणेश चन्द नेताहरुको साथ समर्थन रहेको छ । पुरानै र चिरपरिचित नेताका बीचमा हुन लागेको प्रतिप्रर्धा निकै प्रतिष्पर्धात्मक हुने आँकलन गरिएको छ ।