२०८१ मङ्सिर १८ गते मङ्गलवार

प्याब्सन दाङमा नयाँ नेतृत्व, अध्यक्षमा बुढा

तस्बिर : नारायण भट्टराईको फेसबुकबाट

दाङ, पुस १५ । निजी तथा आवाशिय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन दाङको १४ औँ जिल्ला अधिवेशन आइतवार घोराहीमा भएको छ । उक्त अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ । प्याब्सन दाङ अधिवेशनले अध्यक्षमा रेशमबहादुर बुढा लगाएत सबैलाई सर्वसहमतिमा चयन गरेको छ ।

जस्को बरिष्ठ उपाध्यक्षमा मधुसुदन केसी, उपाध्यक्षहरुमा निर्मल न्यौपाने र विजय जिएम, सचिवमा खगेश्वर पौडेल, कोषाध्यक्षमा टेकबहादुर केसी, सहसचिवहरुमा धनिराम भन्डारी र विकास रजौरे, सहकोषाध्यक्षमा तुलसिराम डाँगी रहेका छन् ।  १३ सदस्यीय नयाँ कार्य समिति मध्य सदस्यहरुमा विमल अधिकारी, विश्वमणि देवकोटा, गङ्गा पन्थी र टिम अधिकारीलाई चयन गरिएको छ ।

शैक्षिक शुुल्क व्यवहारिक छैन् ः पोखरेल

प्रदेश नम्बर ५ का मुुख्य मन्त्री शंकर पोखरेलले संस्थागत विद्यालयमा देखिएको शैक्षिक शुुल्क व्यवहारिक नभएको बताएका छन् । निजी तथा आवाशिय विद्यालय अर्गनाईजेशन नेपाल दाङको १४ औँ जिल्ला अधिवेशनको आइतवार घोराहीमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुुख्य मन्त्री पोखरेलेले केहि संस्थागत विद्यालयले विद्यार्थीबाट चर्को शुुल्क असुुलेको भन्दै महंगो शुुल्क लिने विद्यालय र कम शुुल्क लिने विद्यालयलको शिक्षाका कुुनै अन्तर नभएको दाबी गरे ।

निजी विद्यालयले पुुस्तक र पोषाकमा विसंगती ल्याएको भन्दै मापदण्ड बनाएर अघि बढनुुपर्नेमा उनको जोड थियो ।
संस्थागत विद्यालयको शिक्षा गुुणस्तरियता भएपनि शुुल्कमा देखिएको बिसंगती अन्त्य गर्न जरुरी रहेको उनको धारणा थियो ।
त्यस्तै उनले निजी विद्यालयकोे पुुँजी राज्यको पनि भएको भन्दै त्यो पुुँजीको संरक्षणमा प्रदेश सरकार सहकार्य गरेर जाने बताए । प्याब्सन दाङका अध्यक्ष यादव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रीय महासचिव राजेन्द्र बानियाले राज्यले निजी विद्यालयमाथि फरक व्यवहार गरेको भन्दै रोष प्रकट गरेका थिए ।

प्रकाशित मिति : २०७५ पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *