
तुलसीपुर,भदौ २७ । राष्ट्रिय नबौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता नतिजा घोषणा कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय विज्ञान दिवसको अवसरमा लुम्बिनी प्रदेश विज्ञान शिक्षक समाज नेपालको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
विज्ञान तथा प्रविधिको उन्नत विकास प्रकोप र महामारीबाट सहज निकास भन्ने नाराका साथ नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आहनमा विज्ञान र प्रविधि,आजको आवश्यकता र चुनौती विषयक माध्यमिक विद्यालय स्तरीय विज्ञान बक्तृत्वकला कार्यक्रम भएको हो ।
नवौ राष्ट्रिय विज्ञान दिवसको पुर्व सन्द्ययामा विज्ञान शिक्षक समाज नेपाल (क्त्ब्ल्) लुम्बिनी प्रदेशको आयोजित कार्यक्रममा पहिलो चरणमा भदौ २० गतेसम्म गुगल फारम मार्फत विद्यार्थीहरुले आफै रेकर्ड गरेको भिडियोहरु संकलन गरिएको थियो ।
बक्तृत्वकला प्रतियोगितामा ४५ जना विद्यार्थीहरुको सहभागिता भएको थियो । विद्यार्थीहरुले आफै रेकर्ड गरेर पठाएका भिडियोहरुलाइ मूल्यांकन समिति बनाएर मूल्यांकन गरिएको थियो ।
यमनाथ पौडेलको संयोजकत्वमा भिमप्रसाद दाहाल,कन्काइ मावि कन्काइ नगरपालिका झापा, भजन शाह श्री सरस्वती मावि धनगढी र भिमप्रसाद सापकोटा गण्डकी बोर्डिङ स्कुल पोखराबाट मूल्यांकन समिति बनाइएको थियो ।
बक्तृत्वकला प्रतियोगिता कार्यक्रमकोे दोस्रो चरणमा भाद्र २६ गते शनिबार भर्चुअल माध्यम (जुम) बाट लुम्बिनी प्रदेश शिक्षा निर्देशनालयका प्रमुख टिकाराम अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न बक्तृत्वकला प्रतियोगिता नतिजा घोषणा कार्यक्रम भएको थियो ।
प्रतियोगितामा गोरखा मोडेल सेकेण्डरीका छात्रा सलिना पान्डे प्रथम, गोरखा सेकेन्डरी स्कुल तुलसीपुरका छात्र गौरब थापा द्वितीय, दाङ भ्याली इङ्लिश विद्यालय तुलसीपुरका छात्रा हाइसिन्थ साहु तृतीय र जनज्योति विद्यामन्दिर घोराहीका छात्रा बैभबी गौतम सान्त्वना भएका थिए ।
स्टान लुम्बिनी प्रदेशका सह–संयोजक तथा विज्ञान दिवस समारोह समिती लुम्बिनी प्रदेशका संयोजक यमनाथ पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका नगरशिक्षा समितिका सदस्य एवम् नगर शिक्षक महासंघका अध्यक्ष निशान्त आचार्यले विद्यार्थीको प्रतिभा पहिचान हुने कार्यक्रमले विद्यार्थीहरुलाई अझै विज्ञानमा रिसर्च गर्ने र रुची राख्ने हौसला प्रदान गर्नेबताए ।
उनले स्टानले विगतमा गरेको कार्यक्रम र आगामी कार्यक्रमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै स्टानका केन्द्रिय कोषाध्यक्ष देवेन्द्रकुमार कर्णले असोज १ गतेदेखि सुरु हुने विज्ञान दिवस कसरी मनाउन सुरुवात गरिएको भन्ने औचित्य प्रष्ट पार्दे विगतमा विज्ञान शिक्षक समाजले कोरोना नियन्त्रणका लागि विभिन्न भाषामा जनचेतनामूलक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको र अन्य कामहरुको बारेमा जानकारी गराएका थिए उनले विज्ञानसँग जोडिन विद्यार्थीहरुका प्रतिभा पहिचान गर्ने कार्यक्रम गर्नुपर्ने बताए ।
शिक्षा तालिम केन्द्र रुपन्देहीका प्रमुख यमबहादुर केसीले विज्ञानको विकासले नै देशको विकास हुने भएकोले विद्यार्थीहरुको प्रतिभा पहिचान गर्ने तथा कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने अवसर पाउने वातावरण सिर्जना गर्न आग्रह गरे ।
स्टानका केन्द्रीय सदस्य गोपिचन्द्र पौडेलले विद्यार्थीहरुको प्रतिभाको कदर गर्दे वैज्ञानिक चेतना अभिवृद्धि गर्ने कार्यक्रम गर्नुपर्ने जोड दिए ।
उक्त कार्यक्रममा स्टानका बरिष्ठ उपाध्यक्ष विकास गौतमले २०७७ सालदेखि नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्यमा लुम्बिनी प्रदेश स्तरीय विज्ञान दिवस मनाउने गरिएको बताए । विज्ञानले गरेका उपलब्धिको बारेमा चर्चा गर्दे वैज्ञानिक खोज र अनुसन्धान गर्ने कुरामा जोड दिए ।
राज्यले विद्यार्थीहरुका प्रतिभा पहिचान हुने खालका निति बनाउन र विज्ञान र प्रविधिको विकासमा राष्ट्रले बजेट छुट्याउन पनि नेपाल सरकारलाई आग्रह गरे ।
स्टान नवलपरासीका संयोजक कमल अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकर स्टान दाङ सचिव गिरीराज लम्सालल गरेका थिए ।