२०७८ असोज ८ गते शुक्रवार

एमसिसीको बिरुद्धमा बिप्लब नेतृत्वको नेकपाको ठाउँ – ठाउँमा प्रदर्शन


तुलसीपुर, भदौ २६ । नेत्र बिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपा दाङले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) संझौंताका बिरुद्ध जिल्लाका बिभिन्न स्थानमा प्रदर्शन गरेको छ ।

जिल्लाका घोराही, तुलसीपुर, लमही, दंगिशरण, शान्तिनगर लगाएका स्थानमा उक्त पार्टीले बिरोध प्रदर्शन गरेको हो ।
पर्दशनका सहभागिहरुले कथित एमसिसी संझौता खारेज गर, दलालहरु होसियार, एकीकृत जनक्रान्ति जिन्दाबाद, भन्ने जस्ता नारा लगाएका थिए । कार्यक्रमपछि उनीहरुले एमसिसी संझौता पत्र जलाएका थिए ।

घोराहीको तुलसीपुर चोकमा आयोजित कोणसभाका प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले एमसिसी सम्झौता खारेज हुनुपर्ने माग गरे ।

अमेरिकाका एजेन्टहरुले जसरी भएपनि एमसिसी पास गर्नुपर्छ भनेर दबाब सृजना गरिरहेको हुँदा क्रान्तिकारी शक्तिहरु त्यसको बिरुद्ध सडकमा आउन जरुरी रहेको उनले बताए ।

नेपालमाथिको वैदेशिक हस्तक्षेप स्वीकार्य नहुने उनले चेतावनी दिए । अर्का बक्ता घोराही नगरका इञ्चार्ज तिलकले नेपाल सरकार र अमेरिकाबीच भएको राष्ट्रघाती एमसिसी सम्झौता कार्यान्वयमा आए नेपाल बिदेशीको क्रिडास्थल बन्ने बताए ।

त्यस्तै तुलसीपुरमा कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष पोषन,अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य नारायण भण्डारी, अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमरले एमसिसी सम्झौंता कुनैपनि हालतमा पास हुन नदिने बताए ।

बिप्लका कार्यकर्ताले शनिबार केन्द्रीय कार्यक्रम अनुसार देशका बिभिन्न स्थानमा एमसिसी संझौता पत्र जलाएको बताएका छन् ।

त्यस्तै शान्तिनगर र दंगिशरण गाउँपालिकाले पनि उनीहरुले पर्दशन गर्दै एमसिसी सम्झौता पत्र जलाएका छन् ।

सबै तस्बिर – जंग रेउले

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *