२०८२ मङ्सिर १ गते सोमवार

जंगलमा एक किशोरीमाथि सामुहिक बलात्कार, तीन आरोपी पक्राउ

तुलसीपुर , भदौ २६ । दाङको बंगलाचुली गाउँपालिकामा एक किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका वडा नं. ७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्की रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द्र प्रशाद रिजालले जानकारी दिए ।

स्थानीय एक १७ बर्षीया किशोरीलाई यी तीन जना मिलेर राति जंगलमा सामुहिक बलात्कार गरेको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरि आवश्यक कानुनी कारबाही सुरु गरेको डिएसपी रिजालले बताए ।

बुधबार गाउँमा साँझ तीजको नाच हेर्न गएकी ती किशोरी बिहीबार बिहान २ बजेतिर नाच हेरेर एक्लै एक्लाबर नजिक जंगलको बाटो हुँदै घर फर्किने क्रममा सामुहिक बलात्कारमा परेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

बिहीबार मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको र सोही दिन उनीहरुलाई पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिए ।

पीडित किशोरी प्रहरीको महिला सेलमा राखेर मनोपरामर्ष तथा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पीडितको उजुरीको आधारमा आरोपित ब्यक्रिहरुका बिरुद्ध कनुनी कारबाहीको प्रक्रिया अगाडि बढी सकेको डिएसपी रिजालले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *