२०७८ असोज ८ गते शुक्रवार

काँग्रेसबाट तुलसीपुर नगर सभापतिमा स्वतन्त्र भएपनि चुनाब लड्छु – शोभाकर सापकोटा

तस्बिर – राकेश बस्नेत

तुलसीपुर ,भदौ २५ । नेपाली काँग्रेसका युवा नेता शोभाकर सापकोटाले तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा आँफुपनि चुनाब लड्ने बताएका छन् ।

शुक्रबार फरककोण संगको सम्बादतमा उनले आँफु स्वतन्त्र रुपमा भएपनि सभापतिमा चुनाब लड्ने बताएका हुन ।‘ यदी मलाई नेताहरुले टिकट दिन मानेनन् भने म स्वतन्त्र रुपमा भएपनि सभापति पदमा चुनाब लड्छु,’ सापकोटाले भने ।
इसअघि नै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको तर्फबाट युवा नेता सुरेश हमाल र गेहेन्द्र गिरीको तर्फबाट युवा नेता अनिल कार्की उम्मेदवार बन्ने चर्चा भइ सकेको छ ।

आँफुलाई केन्द्रीय सदस्य दीपक गिरीको निकट भन्न रुचाउने सापकोटाले आँफुलाई पार्टीले नगर सभापतिको टिकट दिनुपर्ने दाबी गर्दै यदी त्यसो नभए स्वतन्त्र रुपमा चुनाबमा भिड्ने स्पष्ट पारे । ‘ म मेरो अडानबाट कदापी ब्याक हुने वाला छैन,’ सापकोटाले भने ‘ दुबै गिरीको टिममा नपरेपनि म काँग्रेसबाटै स्वतन्त्र रुपमा भएपनि मैदानमा उत्रने छु ।’

सापकोटा २०५० सालमा महेन्द्र माध्यामिक विद्यालयको नेविसंघ इकाई सभापति हुन । उनी २०६३ चैत २६ गते भएको राप्ती बबई क्याम्पसको स्ववियू निर्वाचनबाट उपसभापति बनेका थिए । त्यस्तै २०५६ सालमा सापकोटा नेविसंघ क्षेत्र नं. ४ को क्षेत्रीय सचिव बनेका थिए । २०५८ सालमा सापकोटा नेपाली काँग्रेसको तुलसीपुर नगर सचिवको जिम्मेवारीमा थिए ।

त्यसपछि सापकोटाले फरक फिल्ड सामुदायिक वन महासंघ दाङमा प्रबेश गरेका थिए । सापकोटाले २०५८ सालदेखि २०६३ सालसम्म लगातार दूई कार्यकाल सामुदायिक वन महासंघको जिल्ला सचिव र २०६७ सालदेखि २०७६ सालदेखि वन महासंघको अध्यक्षको भूमिकामा रहेर काम गरेका थिए ।

आँफुले नेबिसंघको बिद्यार्थी राजनीतिदेखि अनबरत रुपमा पार्टीलाई सघाउँदै आएको भन्दै उनले यतिखेर पार्टीले आफ्नो सही मूल्याङकन गर्नुपर्ने तर्क गरे ।

तर, एक जना काँग्रेसका नेताले सापकोटाका दाजु केशब सापकोटा नेकपा एमालेको तर्फबाट नगरको नेतृत्वमा रहेको हुँदा शोभाकारलाई पनि काँग्रेसको नगरको नेतृत्व दिदा उति राम्रो म्यासेज नजाने भन्दै सापकोटाले यो पटक उक्त पद त्याग गर्नु राम्रो हुने तर्क गरे ।

‘दाजु एमालेको नगरको नेतृत्वमा हुनु र भाइपनि सोही पदमा काँग्रेसको नेतृत्वमा जाने हो भने कस्तो म्यासेज जान्छ,’ ती नेताले भने ‘ एउटै घरका सहोदर दाजुु भाइ फरक पार्टीबाट एउटै नगरको नेतृत्वमा जाँदा अवस्यपनि राम्रो म्यासेज जाँदैन ।’

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *