तुलसीपुर, भदौ २५। नेपाली कांग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का क्षेत्रीय प्रतिनिधिमा निर्बाचित भएका छन् । नेपाली काँग्रेसको १४औं महाधिबेशनका क्रममा भदौ २१ गते दाङको लमही नगरपालिका वडा नं. ८ बाट अनुराग सर्बसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिमा चयन भएको वडा सभापति यादबनाथ योगीले जानकारी दिए । उक्त वडामा वडा सभापतिसहित सबै पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत रुपमा निर्वाचित भएका हुन ।
पार्टीको राजनीतिमा आउन चाहाना गरेको हुँदा सबैको संग छलफल गर्दा कसैले पनि बिरोध नजनाए पछि अनुरागले क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको सभापति यादबले जानकारी दिए ।
अनुरागलाई बुवा खुमबहादुरले निर्माण गरेको बिरासतकै कारण राजनीतिमा आउन सजिलो रहेको यादबले बताए ।
२७ बर्षीय अनुराग नेता खुमबहादुरका एक्ला छोरा हुन । उनले बेलायतबाट बिजिनेसमा मास्टर्स गरेका छन् । अनुरागले अब आँफु माहाधिबेशन प्रतिनिधिमा प्रतिपर्धा गर्ने फरककोणलाई बताए ।
अनुरागको पुर्खेउली घर लमही नगरपालिकाको वडा नम्बर ८ गोझेनामा छ । सशस्त्र माओबादी द्धन्दको क्रममा उनको घरमा माओबादीले बम बिस्फोट गराएपछि उनीहरु त्यहाँ बस्न छोडेका थिए ।
तर, दूई बर्ष अगाडि मात्रै अनुरागले दाङबाटै राजनीति गर्ने भनेर फेरि सोही ठाउँमा घर निर्माण गरेका छन् । दाङ आउँदा उनी त्यही घरमा बस्ने र राजनीतिक भेटघाट गर्ने गरेका छन् ।