२०८२ कार्तिक २१ गते शुक्रवार

स्थानीय तहमा नेकपा एकीकृत समाजवादीको उपस्थिति कमजोर

काठमाण्डौ,भदौ २३ । एमाले र जनता समाजवादी पार्टी विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समयसीमा मंगलबार सकिएको छ ।

नयाँ दलमा जान चाहने जनप्रतिनिधिले आयोगले दिएको समयसीमाभित्र सनाखत गरेका छन् ।

कहाँ कसले नयाँ दल रोजे भनेर विस्तृत विवरण आउन केही दिन लाग्ने आयोगले जनाएको छ । प्रारम्भिक विवरणमा भने स्थानीय तहमा नेकपा एकीकृत समाजवादीको उपस्थिति कमजोर देखिएको छ ।

प्रदेश १ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये १ सय ८२ जनाले एकीकृत समाजवादी रोजेका छन् ।

वाग्मतीमा काठमाण्डौ उपत्यकाबाहेक १० जिल्लाका २ सय ४१, गण्डकीमा ४४, लुम्बिनीमा ७८, कर्णालीमा ३ सय ४० र सुदूरपश्चिममा २ सय १० जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् ।

प्रदेश २ बाट एमाले छोड्ने जनप्रतिनिधिको संख्या यकिन भैसकेको छैन । रसुवा र गुल्मीका सबै जनप्रतिनिधि एमालेमै रहेका छन् । कास्कीमा ४, गोरखामा ३, म्याग्दीमा ३ र मुस्ताङमा १ जना मात्रै एकीकृत समाजवादीमा लागेका छन् ।

वि।स। २०६४ को स्थानीय चुनावमा एमालेले दुई महानगरपालिका र सात उपमहानगरसहित १२३ नगरपालिकाको प्रमुख, सात उपमहानगरसहित १३७ नगरमा उपप्रमुख, १७१ गाउँपालिका अध्यक्ष, १९४ उपाध्यक्ष र २५६० वडाध्यक्ष जितेको थियो ।

 

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *