
तुलसीपुर , भदौ २२ । दाङका १७ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजबादी) पार्टी रोजेका छन् ।
जस्मा गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ती चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष भुपबहादुर केसीसहित रहेका छन् ।
मंगलबार दिउँसो सम्म दाङका १७ जना स्थानीय जनप्रतिनिधिले माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजबादी) पार्टी रोजेको प्रदेश निर्वाचन कार्यालय दाङका प्रबक्ता गेहेन्द्र कँवरले जानकारी दिए ।
आयोगले नेकपा एमाले बिभाजित भएपछि उनीहरुका हकमा मंगलबार दल रोज्न पाउने अन्तिम समय दिएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार