बुटवल,भदौ १६ । विहिवारको लागि तय भएको लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ।
नवौं अधिवेसनको पाँचौं वैठक सूचना टाँसेर भदौ ३० गतेसम्मको लागि स्थगित गरिएको हो।
कुलप्रसाद केशीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौं अधिवेसनको बैठक एमालेको अवरोधका कारण पटक पटक स्थगित हुँदै आएको छ।
आफ्नो पार्टीले कारवाही गरेका विमलाकुमारी खत्री वली र अजय शाहीलाई कारवाही गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध बैठक स्थगित हुँदै आएको थियो। भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेश सभा बैठक बहिस्कार गरेको थियो ।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक १७ गतेसम्मको लागि स्थगित भएको थियो।
१७ गते बोलाइएको बैठक पनि सूचना टाँस भएर ३० गतेसम्मको लागि स्थगित भएको हो।
प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार