२०८२ कार्तिक २९ गते शनिवार

काँग्रेसमा वडा र नगरका उम्मेदवार कुनले कति तिर्नु पर्छ ?

जिल्ला, प्रदेश र केन्द्रका उम्मेदवारे कति तोकिएको छ ?

दाङ, भदौ ११ । नेपाली कांग्रेसको वडा र नगर अधिबेशन यही भदौ १८ गते तोकिएको छ । देशै भर एकै दिन वडा र नगर अधिबेशन गर्ने तयारी काँग्रेसले गरेको छ । तर, उम्मेदवार बन्दा कुन उम्मेदवारलाई कति रकम चाहिन्छ ? भनेर पार्टीले निश्चित मापदण्ड निर्धारण गरेको छ ।

कांग्रेसको निर्वाचन निर्देशिका अनुसार वडा कार्यसमिति सदस्य पदका उम्मेदवारले सबैभन्दा कम एक सय रुपैंया मात्रै तिरे पुग्छ ।

वडा सभापति पदका उम्मेदवारले पाँच सय, उपसभापति, सचिव र सहसचिव पदका उम्मेदवारले तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्य पदको लागि एक सय रुपैंया शूल्क तोकिएको छ ।

गाउँपालिका कार्यसमिति सभापतिले दुई हजार, उपसभापति, सचिव र सहसचिवका उम्मेदवारले एक हजार तथा सदस्यको उम्मेदवारले पाँच सय शुल्क तिुर्न पर्ने नियम छ ।

त्यस्तै नगर सभापतिको उम्मेदवार हुन चार हजार, उपसभापति र सचिवका लागि तीन हजार, सहसचिवका लागि दुई हजार र सदस्यका लागि एक हजार शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै महानगरपालिका र उपमहानगर भित्रमा सभापतिका उम्मेदवारले पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार र सदस्यलाई दुई हजार शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै जिल्ला कार्यसमितिको सभापतिको उम्मेदवारले १० हजार, उपसभापति र सचिवले सात हजार, सहसचिवले ६ हजार शुल्क तोकिएको छ । जिल्ला सदस्यका उम्मेदवारलाई तीन हजार शुल्क तोकिएको छ।

त्यसैगरी प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापति पदका उम्मेदवारले पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार पाँच सय शुल्क तोकिएको छ । प्रदेश सदस्यलाई दुई हजार शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिका लागि तीन हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार र केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि सात हजार रुपैयाँ शुल्क लाग्ने निर्वाचन निर्देशिकामा उल्लेख छ।
त्यस्तै प्रदेश सभापति पदका उम्मेदवारले १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार शुल्क तिर्नु पर्छ । प्रदेश सदस्यका लागि पाँच हजार शुल्क तोकिएको छ ।

सबै भन्दा धेरै शूल्क ३० हजार रुपैया केन्द्रीय सभापतिका उम्मेदवारलाई तोकिएको छ । केन्द्रीय उपसभापति र महामन्त्रीको उम्मेदवारले २५ हजार, सहमहामन्त्रीले २० हजार र केन्द्रीय सदस्य पदको उम्मेदवारले १० हजार रुपैंया शूल्क तिर्नु पर्ने हुन्छ ।

वडा र नगर अधिबेशन भदौ १८ गते गर्ने तयारी गरेको नेपाली काँग्रेसले अन्य तहको अधिबेशन मंसिरमा गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *