
तुलसीपुर, भदौ १० । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा उत्पन्न किचलो बारे नेत्र बिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाले चासो ब्यक्त गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा भइरहेको बिबिध गतिविधिप्रती आफ्नो जनप्रीय पार्टीको गम्भीर ध्यानाकर्षण भएको एक प्रेस बिज्ञप्ति जारी गरि जनाएको छ।
बिप्लव नेतृत्वको नेकपा तुलसीपुर उपमहानगर इन्चार्ज र सेक्रेटरी बिकाशले बिहीबार बिज्ञप्ति जारी गर्दै सर्वपक्षिय छलफल मार्फत निकास खोज्न आग्रह गरेका छन् । साथै उनले अदालतमा मुद्दा बिचाराधिन रहेको हुँदा उक्त मुद्दा किनारा नलाग्दासम्म समितिको तर्फबाट कुनैपनि कारबाही नगर्न मागपनि गरेका छन् ।
बिज्ञप्तिमा खाने पानी क्षेत्रलाई भ्रष्ट राजनीतिको क्रिडास्थल नबनाउन सचेत समेत तुल्याइएको छ । ‘संस्थाको प्रगतिमा कुनै बाधा वा हिनामिना भएको छ भने साधारण सभामा प्रष्ट रुपमा राख्नुपर्ने र आलोचना गर्नुपर्ने हुदाहुदै पनि आन्तरिक रुपमा संस्थाको छलफल र बैठकबाट हल गर्नुपर्ने विषयहरुमा कार्यसमितिका सदस्यहरुबाट कुनै छलफल नगर्ने, तर संस्थाकै विरुद्धमा लागेका केही व्यक्तिहरु संग मिलेर अख्तियार देखि अदालत सम्म धाउने प्रवृतिको हामी घोर निन्दा एवम भत्र्सना गर्दछौं,’ बिकाशले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
भदौ ६ गते पत्रकार सम्मेलन गरि पदबाट राजीनामा दिएका अध्यक्ष खेमराज वली बिप्वल नेतृत्वको नेकपाका नेता हुन ।
