२०८१ चैत्र ६ गते बुधवार

कक्षा १२ को परीक्षा भौतिक उपस्थितीसहित गराउन संसदीय समितिको निर्देशन

काठमाडौं,भदौ ८ । कक्षा १२ को परीक्षा भौतिक उपस्थितिसहित गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले मंगलबार जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिसहित परीक्षा गराउन निर्देशन दिएको हो ।

समितिका सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिइन्।

समितिका सदस्य डा।सुरेन्द्र यादवले विद्यार्थीलाई खोपको पहिलो मात्रा लगाएर परीक्षामा समावेश गराउन सकिने बताए ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित भएको थियो । समिति सदस्य अन्जना बिशन्खेले परीक्षा जनस्वास्थ्य मापदण्डसहित गराउनुपर्ने भन्दै शैक्षिक सत्र बिथोल्न नहुने बताइन् ।

समिति सदस्य विद्या भट्टराईले कक्षा १२ को परीक्षा सम्बन्धमा स्वास्थ्य मन्त्रालयसँग र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल निर्णय लिनुपर्ने बताइन् ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *