दाङ, पुस १४ । खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरा निवासी ४४ बर्षीय अम्मर चौधरीको शनिवार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ गनारीस्थित ग्वारखोलामा ईन्भटर र व्याट्रीको करेन्ट बाट खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । करेन्ट लगाएर संगै माछा मार्न गएका तुलसीपुर ६ का ४५ बर्षीय पुष्कर भण्डारी र ४३ बर्षीय श्रीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ पुष १४ गते शनिवार