काठमाडौं, भदौ २। महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्।
ठाकुर अध्यक्ष रहने गरी बुधबार आयोगमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ता गरिएको छ।
उक्त पार्टीले चुनाव चिन्ह साइकल राखेको छ।
नयाँ दर्ता गरिएको जसपा लोकतान्त्रिक २४ सदस्यीय केन्द्रीय कार्यकारिणी हुने निर्वाचन आयोगमा पुगेका नेता राजेन्द्र महतोले पत्रकारहरूलाई बताए।
प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार