२०८१ चैत्र ९ गते शनिवार

इमानदार कम्युनिस्टकाे एकता अहिलेको आवश्यकता : अध्यक्ष प्रचण्ड

काठमाण्डौ,भदौ २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इमानदार कम्युनिस्टको एकता अहिलको आवश्यकता भएको बताएका छन ।

शहीद रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा बुधवार माओवादी केन्द्रको पेरिसडाँडामा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण गर्ने सङ्कल्प गरेको बताएका हुन ।

माओवादी शान्ति सम्झौता प्रक्रियामा आएपछि क्रान्तिकारी चरित्र, संस्कार बिर्सिँदै गएको गुनासो आएकाले यसकाविरुद्ध आफैँ आत्मसमीक्षा गर्ने, सङ्कल्प गर्ने आवश्यकता रहेकामा अध्यक्ष दाहालले जोड दिए ।

उनले राष्ट्रिय सम्मेलनमा गएर विचारलाई अझ परिमार्जन, परिष्कृत गर्ने, महाधिवेशनसम्म गएर त्यसलाई थप समृद्ध गर्ने तयारीमा पार्टी रहेको जानकारी दिए ।

कम्युनिस्ट पार्टीहरूबीच एकताको झण्डा र राष्ट्रिय एकताको झण्डा उठाउने सङ्कल्प आफूहरूले गरेको जनाउँदै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्दै, सबै खाले टुटफुटविरुद्ध उत्रिन आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले शहीद रामवृक्ष यादवको स्मरण गर्दै यादव विचारमा प्रस्ट, सिद्धान्तमा निष्ठावान्, आन्दोलनमा समर्पित, सबैसँग मिलनसार, मृदुभाषी, बहुआयामिक व्यक्तित्व रहेको बताए ।

 

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *