कपिलवस्तु,भदौ १ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ बाट ६५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
बुद्धभूमि स्थित दुबिया घर भएका चन्द्रमणि पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
चन्द्रमणिले थान सामुदायिक जंगलमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
घटनाबारे ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार