२०८१ चैत्र ९ गते शनिवार

लुम्बिनी प्रदेशको ९औं हिउँदे अधिबेशन भदौ १ गते आह्वान

दाङ, साउन ३० । लुम्बिनी प्रदेश सभाको ९औं हिउँदे अधिवेशन आह्वान गरिएको छ । भदौ १ गते दिउँसो १ बजेका लागि ९औं अधिवेशन आह्वान गरिएको छ । यहाँ शुक्रबार मात्रै प्रदेशसभा विशेष अधिवेशन अन्त्य गरिएको थियो ।

प्रदेश प्रमुख अमिक शेरचनल शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा सोही बेहोरा उल्लेख छ ।

यसैबीच मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिएको छ । नेकपा माओबादी केन्द्रका नेता तथा दाङको निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेशसभामा निर्वाचित सदस्य इनद्रजित थारुले भदौ १ गते वा २ गतेसम्म बिश्वासको मत लिने तयारी गरिएको जानकारी दिए ।

यद्यपी मुख्यमन्त्रीले एक महिना भित्र विश्वासको मत लिन पाउने बेवस्था छ । केसी नेपाली काँग्रेस लगाएत गठबन्धन दलको समर्थनमा साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *