दाङ, साउन २९ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगीलाई नियुक्त गरेका छन ।
दाङ क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित डाँगी घोराही उपमहानगरपालिकाका पूर्व मेयरसमेत भईसकेका ब्यक्ति हुन ।
मुख्यमन्त्री तथा मन्त्रीको सपथ लगत्तै बिहीबार साझ बसेको मन्त्रिपरिषद बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सहायक राज्यमन्त्रीस्तरको सेवा सुविधा पाउने गरि डाँगीलाई मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरेको जानकारी दिए।
नेकपा एमालेका तत्कालिन सांसद डाँगीले गत वैशाख २२ गते पदबाट राजीनामा दिएका थिए। डाँगीको राजीनामा पछि यसअघिका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा पर्दै गएका थिए।
प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार