२०८१ असार ७ गते बिहिवार

डिल्लीबहादुर चौधरी शहरी तथा ग्रामिण बिकास मन्त्री

बिमला खत्री ओलीपनि मन्त्री बन्ने निश्चित

दाङ, साउन २८ । डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको शहरी तथा ग्रामिण विकास मन्त्रीमा नियुक्त भएका छन् ।

बिहीबार उनी मन्त्री बनेका हुन । चौधरीले नेपाली काँग्रेसको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित भएका थिए । त्यस्तै दाङकै बिमला खत्री ओलीपनि मन्त्री बन्ने पक्का भएको छ । उनको मन्त्रालय भने टुङ्गो लागि नसकेको स्रोतले बताएको छ ।

ओली दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट गत मंसिरमा भएको उपनिर्वाचनको क्रममा निर्वाचित भएकी थिइन ।

यो बाहेक अजय शाही, सहसराम यादव, सुमन शर्मा रायमाझी, कृष्णध्वज खड्का, पुर्मती ढेंगापनि मन्त्री बन्ने निश्चित रहेको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *