२०८१ चैत्र ९ गते शनिवार

लुम्बिनीमा मुख्यमन्त्रीसहित नयाँ सरकारका लागि बिहीबार दिउँसो ३ बजेसम्मको समय प्रदान

दाङ, साउन २७ । लुम्बिनी प्रदेशमा बिहीबार दिउँसो ३ बजेसम्म नयाँ सरकारको दाबी गर्ने दलहरुलाई समय प्रदान गरिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीबाट शंकर पोखरेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दे नयाँ मुख्यमन्त्रीमा दाबी गर्ने दलहरुलाई झन्डै २४ घन्टाको समय प्रदान गरेका हुन ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति मार्फत संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दूईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न समय प्रदान गरेको हो ।

गठबन्धन दलहरुले नेकपा माओबादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रशाद केसी (सोनाम)लाई यसअघि नै मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरि सकेका छन् । बिहीबार केसीले नेपाली काँग्रेस लगाएका दलहरुको समर्थनमा प्रदेश प्रमुख समक्ष त्यस्तो दाबी पेश गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *