२०८१ चैत्र ३ गते आइतवार

शंकर जस्ले आँफु ढलेपनि शिर्ष नेताको पासमा कुशलता पूवर्क ‘राजधानीको गोल’ गरे

दाङ, साउन २७ ।दाङको क्षेत्र नं. २ (क)बाट निर्वाचित शंकर पोखरेल २०७४ साल फागुन ३ गते तत्कालिन ५ नम्बर प्रदेशको मुख्य मन्त्री नियुक्त हुँदा निकै प्रफूल्ल र उत्साहित थिए ।

जुन दिन केन्द्रमा केपी शर्मा ओली प्रधानमन्त्री बने सोही दिननै पोखरेलपनि मुख्यमन्त्री चुनिएका हुन । माघ ७ गते बुटवलमा बसेको प्रदेश कमिटीको बैठकले नेकपा (एमाले) संसदीय दलको नेताको रुपमा पोखरेललाई चयन गरेको थियो । संसदीय दलको नेता चयन हुनु भनेको मुख्यमन्त्री बन्ने मार्ग प्रसशस्त हुनु हो । पोखरेल संसदीय दलको नेता चयन हुँदा एमाले महासचिव बिष्णु पौडेलपनि साथमै थिए ।

महासचिव बिष्णुले नै शंकरलाई भावि मुख्यमन्त्री भनेर उतिखेरै सम्बोधन गर्दा बैठकल स्थलमा सहभागि नेता कार्यकर्ता खुसीले बुकुर्सी मारेझैं गरेका थिए । एउटा सानो हलको बैठकमा सहभागि नेता कार्यकर्ताले तालिको कर्तल ध्वनीले केही बेर त्यसको स्वागत गरेका थिए । संघीय र प्रदेश निर्वाचनका क्रममा नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र)का बीचमा चुनाबी एकता भएको थियो । जतिखेर वाम गठबन्धनले देशै भर साझा उम्मेदवार खडा गरेको थियो ।

दाङको क्षेत्र नं. २ मा माओबादीले संघीय सांसदको रुपमा कृष्णबहादुर महरालाई उम्मेदवार बनाएको थियो । जो निर्वाचित भएपछि सभामुखपनि बने ।

त्यतिखेरै निर्वाचनका क्रममा पोखरेलले आफुलाई भावि मुख्यमन्त्रीको रुपमा मतदातासंग भोट मागेका थिए । दाङलाई प्रदेश राजधानी बनाउने प्रमुख चुनाबी नारा थियो । यो बीचमा पोखरेलले आँफुले निर्वाचनका क्रममा गरेको ‘दाङलाई प्रदेश राजधानी’ बनाउने बाचा भने पुरा गरि सकेका छन् । लुम्बिनी प्रदेशको मुकाम दाङको राप्ती गाउँपालिकालाई बनाउने घोषणा २०७७ साल असोज २० गते प्रदेश सभाको बहुमतबाट छिनोफानो भएको हो ।

दाङबासीका लागि ‘राजधानी’ पोखरेलले दिएको सबैभन्दा ठूलो उपहार हो । खुसी यही हो । यद्यपी हालसम्म बर्षदिन बित्नै लाग्दा समेत एउटा मात्रै मन्त्रालय दाङमा सरेको छ । तै काम भने बुटवलबाटै भइरहेको छ । राजधानीको लागिग सभाहल निर्माण लगाएका कामहरु सुरु भएका छन् । राजधानी ब्यबस्थित र नेपालकै नमुना सहर बनाउने गरि डिपिआर सुरु भएको मुख्यमन्त्री पोखरेलले आफ्ना मनतब्यहरुमा भन्दै आएका छन् ।

जेहोस, दाङलाई राजधानी बनाउनु पूर्व महासचिव पौडेललाई ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बनाउने चालबाजी शंकरकै थियो, भन्नेहरु अझैंपनि छन् ।

बिष्णुले अर्थमन्त्रीको पदसंग ‘राजधानी’ साटे भन्ने चर्चा उतिखेर एमाले बृत्तमा निकै भएकै हो । त्यसअघि रुपन्देहीकै एमाले महासचिव पौडेल र रुपन्देहीकै नेपाली काँग्रेस नेता तथा अहिलेका गृहमन्त्री बालकृष्ण खाँण लगाएतका नेता बुटवलबाट राजधानी बाहिर लैजान दिने कुरा सुन्नपनि चाहान्न थिए ।

अर्घाखाँचीका तत्कालिन माओबादीका नेता टोपबहादुर रायमाझीको आवाजपनि त्यही थियो । बरु एमाले उपमहासचिब घनश्याम भुसाल रुपन्देहीकै भएपनि राजधानीको सवालमा उनी कहिलै दाङको बिरोधमा उभिएको सुन्नमा आएन ।

त्यसैले दाङबासी काँग्रेस नेता खाँण र एमाले महासचिव पौडेलसंग रुष्ट थिए । दंगालीले उनीहरुको पुत्ला जलाए । यद्यपी निर्वाचनमा गरेको वाचा अनुसार राजधानी दाङ ल्याउन ढिलाई भएपछि यो बीचमा मुख्यमन्त्री पोखरेल र प्रधानमन्त्री शेरबहादुर देउवा लगाएतका नेताहरुका पनि दाङबासीले पुत्ला नजलाएका भने होइनन् ।

दंगाली रुष्ट भएको थाहाँ पाएर हरेक साल माघ महिनामा काँग्रेस नेता तथा प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीको निमन्त्रणमा माघी मनाउन दाङ आउने गरेका देउवा बिगत केही बर्षदेखि दाङमा आउन छोड्नुको प्रमुख कारणपनि त्यही थियो । उतिखेर दाङलाई छोडेर बुटवललाई अस्थायी मुकाम घोषणा गर्दा देउवा नै प्रधानमन्त्री रहेको हुँदा दंगाली उनीसंग रुष्ट थिए ।

यद्यपी देउवाले आँफुले तत्कालका लागि दाङमा आवश्यक संरचना नभएको हुँदा काम चलाउन आफुले बुटवललाई अस्थायी मुकाम तोकेको भन्दै धेरै पटक आफ्नो बचाउ सार्वजनिक रुपमै गर्नु परेको थियो ।

देउवामात्रै हैन, दंगाली रुष्ट भएको थाहा पाएर यो बीचमा गृहमन्त्री खाँण र एमाले महासचिव पौडेलपनि दाङ आउन छोडेका थिए । दंगालीको आक्रोशको तारो भइन्छ कि ? भन्ने त्रासहरुमा नेताहरु थिए । त्यसैले यो बीचमा भएका राष्ट्रियसभा र प्रदेशसभाका उपनिर्वाचनहरुमा बाहेक अघिपछि उनीहरु दाङ आएको देखिएन । पहिले जस्तै सार्वजनिक रुपमा मनतब्य दिने हिम्मतपनि गरेनन् ।

दाङलाई प्रदेश राजधानीको केन्द्र बनाउनु अवश्यपनि जटिल कार्य थियो । बाँकेले बिद्रोहोको भाषा बोलिसकेको थियो । नेपालगञ्जका मेयर डा. धवलसम्शेर राणाले स्पष्ट भनिसकेका थिए ‘हामी बुटवललाई राजधानी मान्नु भन्दा बरु कणर्ाली प्रदेशमा मिसिन राजी छौं ।’

राजधानीका लागि पूर्वको बुटवल र पश्चिमका दाङ, बाँके र आसपासका पहाडी जिल्लाहरुको क्षेत्रीयताको लडाई भुसको आगो जस्तै भित्रभित्रै सल्कि रहेको थियो । त्यो शान्तपार्न शिर्ष नेता बिना संभव थिएन । त्यसैले मुख्यमन्त्री शंकर पोखरेलले तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को टाउकोमा त्यो भारी बिसाई दिए ।

आफ्नै दल र बिपक्षी दलका समेत आँफु भन्दा सिनियर तर, रुपन्देहीका बिष्णु र खाँणहरुलाई मत्थर पार्नकै लागि भएपनि शंकरले त्यो राजनीतिक रुपमा चलाखी पूर्वक राजधानीको गोल गर्नका लागि पास मागेका हुन भन्ने बुझ्न गाह्रो थिएन । ओली र प्रचण्डको टाउकोमा शंकरले ‘राजधानीको भारी’ बिसाएर मात्रै पुग्दैन थियो । वास्ता नगरेको भए सायदै दाङ राजधानी बन्न संभव थियो । यहाँ नेर मुख्यमन्त्रीका रुपमा शंकरले उनीहरुलाई मनाउन कुटनीतिक रुपमा अहम भूमिका खेले ।

ओली, प्रचण्डलाई एउटै स्वरमा राजधानी बुटवलबाट सर्छ र दाङ बन्छ भन्न लगाए । आफ्नो चाहाना र बोली शिर्ष नेतृत्वलाई बोल्न लगाएर शंकरले साबधानी पूर्वक राजधानीको गोल गरे । त्यसैले राजधानी सर्दा वा सार्दा ठूलै लफडा र रक्तपात हुन्छ भन्नेहरु शान्त बने । ओली र प्रचण्डको पासमा शंकरले साबधानी पूर्वक दाङमा राजधानीको केन्द्र सार्न सफल भए ।

बुटवलमा बिरोधमा र दाङमा स्वागतमा सभा जुलुसहरु भएपनि केन्द्रका नेताहरुलाई निर्देशन दिन लगाएर केही दिनमै त्यो सबै मत्थर पार्नका लागि पनि शंकरले भूमिका खेलेको जानकारहरु बताउँछन् । यसरी शंकरले आँफुले निर्वाचनका क्रममा संयुक्त बाम गठवन्धनको उम्मेदवारको रुपमा गरेको ‘दाङ राजधानी’को बाचा पुरा गर्न सफल भए । अब अरु केही नगरेपनि दाङबासीले शंकरलाई सायदै कहिलै बिर्सने छन् ।

तर,पनि शंकर संसदीय राजनीतिको शिकार भएका छन् । उनी निर्वाचित हुँदै गर्दा प्रदेश सभामा एमालेका ४१ र माओवादी केन्द्रका २० गरी ६१ प्रदेशसभा सदस्य थिए । वाम गठबन्धनको स्पष्ट बहुमत थियो । तर, आज आन्तरिक पार्टी जीवनमा आएको खटपट, सर्वौच्चको फैसला पछि नेकपा (एमाले) र नेकपा (माओबादी) केन्द्र पूर्वबत अवस्थामा फर्किनुले शंकरको हुँदा छँदाको बहुमतको सरकार तासको घर जस्तै गरि गल्र्याम गुर्लम ढल्न पुगेको छ ।

शंकरले आँफैपनि जसरी पहिला ५०औं बर्षसम्म वा बर्षसम्म बामगठवन्धन कायम रहन्छ भन्ने दाबीहरु ऋाफ्ना मनतब्यहरुमा गर्ने गर्थे ती शब्दहरुले सायद आज शंकरलाई आँफै काँडा बनेर जिउभरी घोचिरहेका होलान । शंकरको सत्ता बर्हिगमनले राजनीति संभावनाको खेल हो र राजनीतिमा दूई प्लस दूई ५ हुन्छ भन्ने मान्नेता राख्नेहरुलाई थप उत्साहित बनाएको हुनुपर्छ ।

विक्रम सम्वत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं.१९, हाडिमेमा बुवा केशवराजशर्मा र आमा तिलकादेवीको कान्छो सन्तानको रुपमा जन्मिएका पोखरेल एमालेको स्थायी कमिटी सदस्य पनि हुन । पूर्व सञ्चारमन्त्री समेत भइसकेका पोखरेलको केन्द्रमा राम्रो संभावना रहँदा रहँदै प्रदेशमा झरेपछि अब उनको राजनीतिक भबिस्यका बारेमा के होला ? भनेर चासो र चिन्ताहरु पनि हुन थालेका छन् ।

पार्टी भित्र बिद्धान र जनताको बहुदलीय जनवादका व्याख्याताको रुपमा चिनिएका पोखरेलको आफ्नै जिल्लामा भने साँगठनिक रुपमा भने निकै कमजोर रहेको दाबी एमाले भित्रैको एउटा खेमाले गर्दै आएको छ । हाल उनको पक्षमा दाङबाट उभिने रेबतिरमण शर्मा मात्रै एक्ला प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *